लकडाउनमा ६० लाखभन्दा बढी नेपालीले गुमाए रोजगारी « Khabarhub

लकडाउनमा ६० लाखभन्दा बढी नेपालीले गुमाए रोजगारी


७ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संक्रमणबाट जोगनि सरकारले गत चैत्र ११ गतेदेखि जारी राखेको लकडाउनले ६० लाखभन्दा बढी नेपालीले रोजगारी गुमाएका छन् ।

श्रम मन्त्रालयको समन्वयमा राष्ट्रिय योजना आयोगले संकलन गरेको तथ्यांक अनुसार लकडाउनमा ६० लाख ८१ हजारभन्दा बढीको रोजगारी गुमेको उल्लेख छ।

सो तथ्यांकअनुसार पर्यटन क्षेत्रका अधिकांशले रोजगारी गुमाएका छन्। त्यस्तै, जडिबुटी संकलन, स्थानीय स्तरको आयोजनामा काम गर्नेहरु सबैभन्दा बढी बेरोजगार बनेका छन्।

वन तथा जडिबुटीसहित कृषि पैदावर क्षेत्रमा झण्डै ५० लाख कार्यरत रहेकामा २९ लाखभन्दा बढीले रोजगारी गुमाएको आयोगले जनाएको छ ।

पर्यटन क्षेत्रमा ८ लाख ३० हजार मानिसले काम गर्दै आएकोमा ८ लाखको रोजगारी खोसिएको छ।

स्थानीय स्तरका आयोजनामा काम गर्ने २६ लाखमध्ये १७ लाख बेरोजगार बनेका छन्।

पुनर्निमाण क्षेत्रमा कार्यरत ६ लाखमध्ये ३ लाख बेरोजगार बनेका छन् भने सूचना प्रविधि, आमसञ्चार तथा चलचित्र क्षेत्रमा काम गर्नेमध्ये १ लाख बेरोजगार बनेका छन् ।

यद्यपि यो रोजगारी अस्थायीरूपमा मात्र गुमेको सरकारी आकलन छ । सामान्य अवस्था आए धेरैजसो पूर्ववत अवस्थामा फर्कने र स्थायीरुपमा नै रोजगारी गुमेकाको हकमा कार्यक्रम ल्याउने सरकारले तयारी गरेको समेत बताइएको छ ।

प्रकाशित मिति : ७ जेठ २०७७, बुधबार  ७ : ३३ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले