एक हजार ७५३ जनाको स्वाब जुम्लामा ल्याइयो « Khabarhub

एक हजार ७५३ जनाको स्वाब जुम्लामा ल्याइयो


७ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको टोलीले हवाईमार्गमार्फत स्वाब सङ्कलन गरेर पिसीआर परीक्षणका लागि जुम्ला ल्याएको छ ।

हुम्लाका पाँच स्थानबाट ६००, कालिकोटको नौ स्थानबाट ६५३, मुगुको दुई स्थान र केही गाडीमा ल्याएको सहित ५०० गरेर एक हजार ७५३ जनाको स्वाब जुम्ला ल्याइएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिए ।

जुम्ला ल्याइएको स्वाब भने दर्ता गरेर परीक्षण गरिने प्रयोगशाला प्रमुख विवेक पुनमगरले बताए। यसअघि जुम्लाको ८४७ जनाको एकै दिन स्वाब सङ्कलन गरेर परीक्षण गरिएको नतिजा नेगेटिभ आएको छ ।

स्वाब सङ्कलन गर्न चिकित्सकको टोलीलाई गत वैशाख २८ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक विकासमन्त्री दल रावलले जुम्ला पुगेर निर्देशन दिनु भएपछि हेलिकोप्टरमार्फत टोली जिल्ला–जिल्ला खटाइएको थियो ।

प्रतिष्ठानले यसअघि जोखिम जिल्ला बाहिरबाट आएका व्यक्ति, स्वास्थ्यकर्मी र पत्रकारको एक हजार ३१२ जनाको जुम्लामै पिसीआर परीक्षण गरी नतिजा नेगेटिभ आएको छ । त्यसअघि पनि ३२४ जनाको हेलिकोप्टरमार्फत काठमाडौँ स्वाब पठाएर परीक्षण गराइएको थियो ।

प्रकाशित मिति : ७ जेठ २०७७, बुधबार  ९ : ३८ बजे

डा. डीआर उपाध्यायलाई दशौँ मानार्थ विद्यावारिधि

काठमाडाैं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई

कांग्रेस केन्द्रीय सदस्यमा राजीव चौधरीको उम्मेदवारी घोषणा

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा युवा नेता राजीव

कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने देवराज चालिसेको घोषणा

काठमाडाैं – नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनमा

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्रकान्त (चन्द्र) भण्डारीले

मनकामना केबलकार मङ्गलबार बन्द रहने

चितवन – चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि