नियम परिवर्तन गर्दै आईसीसी, अब थुकले बल टल्काउन नपाइने « Khabarhub

नियम परिवर्तन गर्दै आईसीसी, अब थुकले बल टल्काउन नपाइने


७ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी क्रिकेट कमिटीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) समक्ष नोबेल कोरोना भाइरस (कोभिड १९) को त्रासका बीच केही नियम परिवर्तनका लागि प्रस्ताव गरेको छ।

आईसीसीले सोमबार विज्ञप्ति जारी गर्दै कोरोना भाइरसका जोखिमलाई मध्यनजर गर्दै खेलाडी र अफिसियलको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै नियम परिवर्तनका लागि प्रस्ताव गरेको हो ।

आईसीसीको उक्त प्यानलले म्याच बल नन न्युट्रल अम्पायरबारे छलफल गरेको हो । जसमा कोरोनाको त्रासका बीच आईसीसीका खेल भए त्यसमा खेलका क्रममा मैदानमा खेलाडीले अब थुक लगाएर बल टल्काउन पाउने छैनन् ।

डाक्टरहरुसँगको सल्लाह पनि उक्त निर्णय भएको आईसीसी क्रिकेट कमिटिले जनाएको छ । थुकमा र्याल हुने र त्यसले भाइरस सार्न सघाउने भइकाले यस्तो नियम ल्याउन लागिइको जनाइएको छ । तर, पसिनाबाट भाइरस सर्ने चुनौति कम भएकाले पसिनाले बल टल्काउन पाइने प्रस्ताव गरिएको छ ।

यस्तै, आईसीसी क्रिकेट कमिटीले टेष्ट, ओडिआई र टी २०आई म्याचमा म्याच अफिसियलहरु नियुक्त गर्ने विषयमा समेत परिवर्तनका लागि प्रस्ताव गरेको छ । २००२ यता आईसीसीले सहभागी टिमबाट अफिसियलहरु नियुक्त गरेको छैन ।

अहिलेको अवस्थामा ट्राभलका लागि चुनौती रहेको, क्वारेन्टिनमा बस्नैपर्ने नियम रहेको जस्ता विषयले गर्दा क्रिकेट कमिटीले केही समयका लागि स्थानीय म्याच अफिसियललाई नियुक्त गर्न सकिने प्रस्ताव राखेको हो ।

यस विषयमा आईसीसीले लोकल एलाइट र इन्टरनेशनल पयानल रेफ्री र अम्पायरबाट तय गर्नेछ । यदि त्यहाँ इलाइट प्यानल म्याच अफिसियल नभएमा सबैभन्दा उत्कृष्ट लोकल इन्टरनेशनल म्याच अफिसियल नियुक्त गर्न सकिने उल्लेख छ ।

कोरोना भाइरसको त्रासलाई ध्यानमा राखि ल्याइएको उक्त परिवर्तनको प्रस्तावलाई सकारात्मक रुपमा लिइएको क्रिकेट कमिटीका अध्यक्ष अनिल कुम्लेले बताएका छन् ।

प्रकाशित मिति : ७ जेठ २०७७, बुधबार  ९ : ५३ बजे

पोखरा महानगरले बाढी प्रभावित क्षेत्रमा एम्बुलेन्ससहित सहायता टोली पठाउने

गण्डकी – पोखरा महानगरपालिकाले रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा

सुदूरपश्चिम सरकारले भोटेकोशी बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा सहयोग गर्ने

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारले भोटेकोशी नदीमा आएको बाढीबाट भएको

रसुवा बाढी : मधेश सरकारका पदाधिकारी–कर्मचारीले एक दिनको तलब दिने

काठमाडौं – रसुवामा भोटेकोसी नदीमा आएको अकल्पनीय बाढीबाट भएको जनधनको

भोटकोशी बाढी : एक हजारभन्दा बढी सवारीसाधनमा क्षति

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट एक हजारभन्दा बढी

त्रिशूली र नारायणी नदीमा ५३ शव भेटिए

चितवन – चीनको स्वशाषित क्षेत्र तिब्बतबाट हुँदै भोटेकोशीमा गएको बाढीसँगै