आफ्नो प्रस्तावअनुसार पार्टीको निर्णयमा नयाँ नक्सा छापिएको वामदेवको दाबी « Khabarhub

आफ्नो प्रस्तावअनुसार पार्टीको निर्णयमा नयाँ नक्सा छापिएको वामदेवको दाबी


७ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सात्तारुढ दल नेकपाका उपाध्यक्ष तथा सचिवालय सदस्य वामदेव गौतमले आफ्नो प्रस्ताव र पार्टीको सामूहिक निर्णयअनुसार नेपालको नयाँ नक्सा जारी भएको बताएका छन् ।

बुधबार सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै गौतमले नेपालका अतिक्रमित भूमि समेटेर देशको नक्सा जारी गर्नुपर्ने सन्दर्भमा आफूले सुरुदेखि नै पार्टीमा सशक्त विचार र जोडदार माग राख्दै आएको जिकिर गरेका छन् ।

नयाँ नक्साका प्रधानमन्त्री केपी ओलीलाई जस गएकोतर्फ संकेत गर्दै गौतमले अनुयायीहरू व्यक्ति केन्द्रित भएर निश्चित व्यक्तिका नामलाई देवत्वकरण गर्न व्यस्त हुने प्रचलन रहेको भनेका छन् । उनले नक्सा पार्टीको सामूहिक निर्णयले छापिएको उल्लेख गरेका छन् ।

‘ऐतिहासिक तथ्य, प्रमाण र लिखतद्वारा निर्दिष्ट गरिएको आधारमा नेपाल सरकारले हाम्रो देशको नयाँ नक्सा सार्वजनिक गरेको छ । यसप्रति समस्त नेपाली जनसमुदाय प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारप्रति आभारी छ,’ गौतमले लेखेका छन्, ‘नेपालका अतिक्रमित भूमिलाई समेटेर देशको नक्सा जारी गर्नुपर्ने सन्दर्भमा मैले सुरुदेखि नै पार्टीमा सशक्त विचार र जोडदार माग राख्दै आएको म सबैमा स्मरण गराउन चाहन्छु ।’

नयाँ नक्सा छाप्ने निर्णय पार्टीको सामूहिक निर्णयप्रक्रिया अनुसार भएको गौतमको भनाइ छ । उनले लेखेका छन्, ‘नेपाल सरकारबाट पनि त्यहीअनुरूप अनुमोदन भएको वास्तविकतालाई सबैले स्वीकार गर्नुपर्छ । हामीले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सक्नुर्छ ।’

गौतमले वर्तमान सरकारका अनेकन कार्य आलोचनायोग्य हुँदाहुँदै पनि नयाँ नक्सा छाप्ने काम स्वागतयोग्य रहेको उल्लेख गरेका छन् । ‘यसपटक पनि छुटेका नेपाली भूभाग समेटेर नक्सा जारी गर्नुपर्ने प्रस्ताव पार्टीको बैठकमा मैले नै राखेको यहाँहरु सबैमा जानकारी गराउँछु,’ उनले लेखेका छन्, ‘सीमाना व्यवस्थापनसँग सम्बन्धित हाम्रा ऐतिहासिक अभिलेखलाई यो नक्साले अझ बलियो प्रमाणका रुपमा आत्मसात् गर्दै आगामी पुस्तालाई सीमा रक्षाका निमित्त प्रेरणा, उत्साह र ऊर्जा दिने काम भएको छ ।

प्रकाशित मिति : ७ जेठ २०७७, बुधबार  ११ : २५ बजे

स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन, पाँच दिनमा प्रतिवेदन बुझाउन निर्देशन

पोखरा – पोखरामा भएको स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति

पोखरा बस दुर्घटना : अस्पतालमा आफन्तको भीड (तस्बिरहरू)

पोखरा– पोखरामा भएको स्कुल बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको

दशक लामो अन्योल चिर्दै बन्यो लालबकैया पुल : कहिले हुन्छ सञ्चालन ?

काठमाडौँ – रौतहटको लालबकैया नदीमाथि निर्माणाधीन पुल लामो समयको अन्योल

कांग्रेस महाधिवेशन : साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो, कति समयमा सकिन्छ मतदान ?

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

लोक तथा दोहोरी गीत प्रतिष्ठानको नेतृत्वमा पशुपति शर्मा, अध्यक्षमा निर्विरोध

काठमाडौं– लोक तथा दोहोरी गीतको क्षेत्रमा लोकप्रिय गायक पशुपति शर्मा