नरैनापुरका संक्रमितलाई आइसोलेसनमा राख्न ढिलाइ « Khabarhub

नरैनापुरका संक्रमितलाई आइसोलेसनमा राख्न ढिलाइ


७ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

बाँके- नरैनापुरका कोरोना संक्रमितलाइ आइसोलेनमा राख्न ढिलाइ भएर संक्रमितहरू अलपत्र परेका छन् ।

यसअघि कोरोना पोजेटिभ पुष्टि भएका र क्वारेन्टाइनमा रहेका व्यक्तिलाई एकै ठाउँमा राखिएको थियो । उनीहरुको पुष्टि भए पनि उपचारका लागि राखिने ठाउँ नभएको कारण क्वारेन्टाइनमै राखिएको हो ।

नरैनापुरकै एक जना २५ वर्षीय युवाको कोरोना संक्रमणका कारण मृत्यु भएपछि झनै नरैनपुर तनावग्रस्त बनेको थियो । उनीहरुलाई अहिले नरैनापुरमै टेष्टमा राखिएको छ । संक्रमितहरुको व्यवस्थापनका लागि पहल भैरहेको जनस्वास्थ्य कार्यालय, बाँकेले जनाएको छ ।

बाँकेमा सोमबार संक्रमण पुष्टि भएका नरैनापुरका ५९ जना कोरोना संक्रमितलाई विभिन्न स्थानमा राख्नेबारे छलफल भए उनीहरू क्वारेन्टाइनमै छन् । यसअघि नरैनापुरमै संक्रमण देखिएका ८ जनाको भने दाङ स्थित बेलझुण्डीको आइसोलेसनमा राखेर उपचार भैरहेको छ ।

नरैनापुरकै लक्ष्मणपुर स्वास्थ्य केन्द्रलाई आइसोलेसन बनाएर त्यही राख्ने रातभरको तयारी भए पनि पूर्वाधार जुटाउन समस्या भएको छ । लक्ष्मणपुर स्वास्थ्य केन्द्रलाई आइसोलेसन बनाउने तयारीका लागि सदरमुकाम नेपालगन्जबाट बेडसहित स्वास्थ्य सामाग्री लिएर मंगलवार साँझ स्वास्थ्यकर्मीको टोली नरैनापुर पुगेको थियो ।

तर लक्ष्मणपुर स्वास्थ्य केन्द्रमा विद्युत विस्तार भएको छैन् । पानीको समेत चरम अभाव छ । यस्तो अवस्थामा संक्रमितहरुलाई त्यही राख्दा जोखिम झन बढ्ने भएपछि उनीहरुलाई कहाँ राख्ने भन्नेमै विहानसम्म व्यवस्थापन पक्षलाई तनाव भएको थियो ।

संक्रमितहरुलाई कहाँ राख्ने भन्ने टुंगो नलाग्दा मंगलवार उनीहरु संक्रमित नभएका व्यक्तिहरुसँगै क्वारेन्टिनमा बसेका थिए । बुधबार बिहान ९ बजेतिर मात्र स्वास्थ्यकर्मीको टोलीले संक्रमितहरुलाई क्वारेन्टिनबाट छुट्याएर जय किसान मावि नजिकैको आँप बगैचामा राखेका थिए ।

संक्रमितहरुलाई एम्वुलेन्समार्फत ल्याउने तयारी भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । अहिलेसम्म बाँकेमा कोरोना भाइरस पुष्टि भएको संख्या ९३ पुगेको छ ।

प्रकाशित मिति : ७ जेठ २०७७, बुधबार  २ : १३ बजे

पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु

काबुल – पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको आकस्मिक बाढीमा परी

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौं – भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

सिक्किममा हिमालयन इन्टरनेशनल अवार्ड–२०२६ सम्पन्न, दर्जनौं स्रष्टा र कलाकार सम्मानित

सिक्किम – नेपाली भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण,

विराटनगरमा आत्मदाह प्रयास गरेका युवकलाई प्रहरीले गर्‍यो सकुशल उद्धार

विराटनगर – विराटनगरमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना