नरैनापुरका संक्रमितलाई आइसोलेसनमा राख्न ढिलाइ | Khabarhub Khabarhub

नरैनापुरका संक्रमितलाई आइसोलेसनमा राख्न ढिलाइ


७ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- नरैनापुरका कोरोना संक्रमितलाइ आइसोलेनमा राख्न ढिलाइ भएर संक्रमितहरू अलपत्र परेका छन् ।

यसअघि कोरोना पोजेटिभ पुष्टि भएका र क्वारेन्टाइनमा रहेका व्यक्तिलाई एकै ठाउँमा राखिएको थियो । उनीहरुको पुष्टि भए पनि उपचारका लागि राखिने ठाउँ नभएको कारण क्वारेन्टाइनमै राखिएको हो ।

नरैनापुरकै एक जना २५ वर्षीय युवाको कोरोना संक्रमणका कारण मृत्यु भएपछि झनै नरैनपुर तनावग्रस्त बनेको थियो । उनीहरुलाई अहिले नरैनापुरमै टेष्टमा राखिएको छ । संक्रमितहरुको व्यवस्थापनका लागि पहल भैरहेको जनस्वास्थ्य कार्यालय, बाँकेले जनाएको छ ।

बाँकेमा सोमबार संक्रमण पुष्टि भएका नरैनापुरका ५९ जना कोरोना संक्रमितलाई विभिन्न स्थानमा राख्नेबारे छलफल भए उनीहरू क्वारेन्टाइनमै छन् । यसअघि नरैनापुरमै संक्रमण देखिएका ८ जनाको भने दाङ स्थित बेलझुण्डीको आइसोलेसनमा राखेर उपचार भैरहेको छ ।

नरैनापुरकै लक्ष्मणपुर स्वास्थ्य केन्द्रलाई आइसोलेसन बनाएर त्यही राख्ने रातभरको तयारी भए पनि पूर्वाधार जुटाउन समस्या भएको छ । लक्ष्मणपुर स्वास्थ्य केन्द्रलाई आइसोलेसन बनाउने तयारीका लागि सदरमुकाम नेपालगन्जबाट बेडसहित स्वास्थ्य सामाग्री लिएर मंगलवार साँझ स्वास्थ्यकर्मीको टोली नरैनापुर पुगेको थियो ।

तर लक्ष्मणपुर स्वास्थ्य केन्द्रमा विद्युत विस्तार भएको छैन् । पानीको समेत चरम अभाव छ । यस्तो अवस्थामा संक्रमितहरुलाई त्यही राख्दा जोखिम झन बढ्ने भएपछि उनीहरुलाई कहाँ राख्ने भन्नेमै विहानसम्म व्यवस्थापन पक्षलाई तनाव भएको थियो ।

संक्रमितहरुलाई कहाँ राख्ने भन्ने टुंगो नलाग्दा मंगलवार उनीहरु संक्रमित नभएका व्यक्तिहरुसँगै क्वारेन्टिनमा बसेका थिए । बुधबार बिहान ९ बजेतिर मात्र स्वास्थ्यकर्मीको टोलीले संक्रमितहरुलाई क्वारेन्टिनबाट छुट्याएर जय किसान मावि नजिकैको आँप बगैचामा राखेका थिए ।

संक्रमितहरुलाई एम्वुलेन्समार्फत ल्याउने तयारी भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । अहिलेसम्म बाँकेमा कोरोना भाइरस पुष्टि भएको संख्या ९३ पुगेको छ ।

प्रकाशित मिति : ७ जेठ २०७७, बुधबार  २ : १३ बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं