कोरोना महामारीकाबीच ट्रम्पलाई चुनावी र्‍याली गर्ने बाटो खुला « Khabarhub

कोरोना महामारीकाबीच ट्रम्पलाई चुनावी र्‍याली गर्ने बाटो खुला


६ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना महामारीकाबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चुनावी र्‍याली गर्न अदालतले मार्ग प्रशस्त गरिदिएको छ ।

ट्रम्पले शनिबार ओक्लोहोमाको टल्सामा चुनावी र्‍याली गर्न लाग्दा कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै उक्त र्‍याली रोक्न मागसहित अदालतमा मुद्दा दायर भएको थियो ।

उक्त मुद्दामा सर्वोच्च अदालतले ट्रम्पका पक्षमा फैसला सुनाएको हो । अदालतको उक्त फैसलासँगै कोरोना भाइरसको संक्रमण बढ्दो अवस्थामा रहेको ओक्लोहोमामा ट्रम्पले चुनावी र्‍याली गर्ने भएका छन् ।

आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि ट्रम्पले मार्च यता पहिलोपटक र्‍याली गर्न लागेका हुन् ।

ट्रम्पले आफ्नो चुनावी र्‍याली संक्रमण बढ्दो क्रममा रहेको आफ्नो क्षेत्रमा आयोजना गरेकामा ओक्लोहोमाका स्वास्थ्य अधिकारीले चिन्ता व्यक्त गरेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  ९ : ४४ बजे

एमाले तटस्थ बस्दा श्रमसंस्कृतिकी रुबीको पक्षमा उभियो कांग्रेस

काठमाडौं- प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनका क्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले श्रम

उपसभामुखको निर्वाचमा तटस्थ बस्यो एमाले

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेले शुक्रबार जारी उपसभामुखको निर्वाचनमा आफूलाई

राष्ट्रपतिको सम्बोधनका लागि राष्ट्रियसभाबाट धन्यवाद ज्ञापन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई

रास्वपाबारे खुश्बु ओली : धोका पायौँ, अबदेखि विश्वास गर्नै नसकिने उदाहरण बन्यो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्वु ओलीले राष्ट्रिय

परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशंकरबीच मौरिससमा भेटवार्ता

काठमाडौं- भारतीय विदेश मन्त्री एस. जयशंकर र परराष्ट्र मन्त्री शिशिर