ललितपुर महानगरले शुरु गर्‍यो महिलालाई छुट्टै क्वारेन्टिन | Khabarhub Khabarhub

ललितपुर महानगरले शुरु गर्‍यो महिलालाई छुट्टै क्वारेन्टिन


६ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- ललितपुर महानगरपालिकाले विदेशबाट आएका महिलाहरुको लागि छुट्टै क्वारेन्टिन सञ्चालन गरेको छ ।

महानगरको वडा नं २६ स्थित सुनाकोठीमा रहेको नेपाल युथ फाउण्डेसन अन्तर्गत रहेका पोषण पुनर्स्थापना गृहको दुई वटा भवनमा क्वारेन्टिन सञ्चालन गरिएको हो ।

यी गृहमा कुपोषणले ग्रसित महिला र बालबालिका बसेका थिए । लकडाउन सुरु भएपछि उनीहरु केही घर गए भने केहीलाई अन्यत्रै सारिएको फाउन्डेसनले जनाएको छ ।

क्वारेन्टिन सञ्चालनका लागि महानगरका प्रमुख चिरीबाबु महर्जन र फाउण्डेसनका प्रमुख सोम पनेरुले क्वारेन्टिन सञ्चालन र व्यवस्थापन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले महिलाहरुको सुरक्षालाई ध्यान दिएर छुट्टै क्वारेन्टि सञ्चालन गरेको बताए । उक्त क्वारेन्टिनमा हाललाई २४ शैय्याको छ । आवश्यकता अनुसार ठाउँ बढाउने महानगरले जनाएको छ ।

नेपाल युथ फाउण्डेसनका प्रमुख सोम पनेरुले मुलुकलाई संकट परेको बेला आफ्नो संस्थाको भवन प्रयोग गर्न पाउँदा खुशी लागेको बताए । महानगरले सहकार्यको प्रस्तावलाई स्वीकार गरेकोमा धन्यवाद दिए । पनेरुले आवश्यक पर्दा क्वारेन्टिनमा बस्ने महिलालाई मनोसामाजिक परामर्श दिइने बताए । उनले भने, ‘विभिन्न खालको ट्रमामा हुन सक्नुहुन्छ त्यसैले परामर्शको आवश्यकता पर्न सक्छ । ’

ललितपुर महानगरपालिका सामाजिक विकास समितिका संयोजक दिनेश कार्कीले लकडाउन खुकुलो भएसँगै चिन्ता थपिएको बताए । उनले विदेश गएका नेपालीहरु नेपाल फर्कर्ने क्रम बढेसँगै व्यवस्थापन महत्वपूर्ण भएको बताए ।

त्यसका लागि वडा पिच्छे होल्डिङ सेन्टर खोल्ने तयारी भएको बताए । महानगरले यसअघि नै सातदोबाटोस्थित एन्फा कम्प्लेक्सभित्रको खेलाडीहरुको होस्टेलमा क्वारेन्टिन सञ्चालन गरिसकेको छ । त्यसैगरी जावलाखेलस्थित स्टाफ कलेजमा पनि क्वारेन्टिन सञ्चालन गर्ने तयारी भइरहेको महानगरको र्‍यापिड रेस्पोन्स टिमका फोकल पर्सन देवी थापा गुरुङले जानकारी दिइन् ।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  ११ : २० बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०