महाधिवेशन प्रक्रिया तत्काल सुरू नगरे युवा प्रतिनिधिले विशेष महाधिवेशन माग गर्नेछ - नेतृ कोइराला | Khabarhub Khabarhub

महाधिवेशन प्रक्रिया तत्काल सुरू नगरे युवा प्रतिनिधिले विशेष महाधिवेशन माग गर्नेछ – नेतृ कोइराला


६ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले महाविधेशन प्रक्रिया तत्काल सुरू नगरे युवा प्रतिनिधिहरुले विषेश महाविधेशनको माग गर्ने तयारी गरेको खुलासा गरेकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत नेतृ कोइरालाले तत्काल १४ औं महाविधेशनको प्रक्रिया सुरू नभए पार्टीका युवा प्रतिनिधिहरुले विषेश महाविधेशनको माग गर्नसक्ने जानकारी आफुले पाएको उल्लेख गरेकी छन् ।

उनले फेसबुकमा लेखेकी छन्,‘अव नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वले महाधिवेशनको प्रकृया सुरु गर्न ढिला गर्नु हुँदैन ! यदी तुरुन्त त्यसो हुन् सकेन भने पार्टीका युवा प्रतिनिधिहरुले विशेष महाधिवेशन माग गर्ने तयारी गरेको सुचना मैले पाएको छु ।’

कांग्रसको विधानको दफा १७ मा केन्द्रीय समितिले आवश्यक ठानेमा वा ४० प्रतिशत केन्द्रीय सदस्यहरुले विषेश महाविधेशनको बैठक बोलाउन माग गरेमा ३ महिनाभित्र महाविधेशन बैठक बोलाउनुपर्ने व्यवस्था छ ।

कांग्रेसको विधानअनुसार एकचौथाई महाधिवेशन प्रतिनिधिहरुले विषेश महाविधेशनको माग गरे तत्काल महाविधेशनको प्रक्रिया सुरू गर्नुपर्ने व्यवस्था छ । कांग्रेसको विधानको दफा ४४ को उपदफा १ मा सभापतिविरुद्ध अविश्स्वासको प्रस्ताव दर्ता गर्नसक्ने व्यवस्था समेत छ ।

जुन उपदफामा कुल निर्वाचक (महाधिवेशन प्रतिनिधि)हरुमध्ये २५ प्रतिशतले सभापतिविरुद्ध अविश्वासको प्रस्ताव केन्द्रीय समितिमा पेश गर्नसक्ने व्यवस्था छ । केन्द्रीय समितिमा दुई तिहाई सदस्यले पारित गरेमा सभापतिसहित अन्य पदाधिकारी समेत पदमुक्त हुने व्यवस्था रहेको छ ।

कांग्रेसको आगामी महाधिवेशन आगामी फागुन ७ गतेदेखि काठमाडौंमा गर्ने निर्णय केन्द्रीय समितिले गरेको छ । तर कोरोना महामारीका कारण तल्ला तहमा हुनुपर्ने काम हुन नसकेका कारण विधान र नेपालको संविधानको व्यवस्था टेकेर सभापति शेरबहादुर देउवाले अर्को एकवर्ष कार्यकाल थप्नसक्ने अनुमान कांग्रेसका नेताहरुले गर्दै आएका छन् ।

यसअघि अघिल्लो वर्षको फागुन २० गते सकिने कांग्रेस नेतृत्वको कार्यकाल एक वर्ष थपेर आगामी फागुनमा महाविधेशन गर्ने निर्णय कांग्रेसले गरेको थियो । कोरोना महामारीका कारण कांग्रेसको महाविधेशन कार्यतालिका समेत बिथोलिएको छ ।

कार्यतालिकाअनुसार गत जेठ १५ गतेसम्म क्रियाशिल सदस्यता वितरण गरिसक्नुपर्ने व्यवस्था थियो । तर अहिलेसम्म ३५ वटाभन्दा बढि जिल्लामा क्रियाशिल सदस्यता वितरण हुन सकेको छैन ।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  २ : ३२ बजे

आईओसीद्वारा ओलम्पिक आर्टिफिसियल इन्टेलिजेन्स एजेन्डा सुरू

काठमाडौं– अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) ले शुक्रबार ओलम्पिक आर्टिफिसिएल इन्टेलिजेन्स

याङ्जाकोटमा बढ्दै पर्यटक

लेखनाथ– कास्कीको पर्यटकीय गाउँ याङ्जाकोटमा नयाँ वर्षसँगै पर्यटकको सङ्ख्या बढेको

रास्वापा सिद्धयाउने षड्यन्त्र भइरहेको छ : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना पार्टीलाई सिद्धयाउने

युक्रेन र रुसबीचको हवाइ आक्रमणमा सर्वसाधारणको मृत्यु

किएभ– युक्रेनले शनिबार बिहानै रूसतर्फ ड्रोन आक्रमण गरेको र आक्रमणका

भोजपुर गोल्डकपको तयारी पूरा

भोजपुर– भोजपुरमा आइतबारबाट सञ्चालन हुने सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर