नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार ६०५ पुग्यो | Khabarhub Khabarhub

नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार ६०५ पुग्यो


६ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा शनिबार थप ३३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार ६०५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ८ हजार ६०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या ८ हजार ६०५ पुगेको जानकारी दिएका हुन् ।

डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ सय ७६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ हजार ५७८ पुगेको छ । जसमध्ये १४१ महिला रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार ४ सय १६ जनाको नमूना पीसीआर विधिबाट परीक्षण गरिएको छ । हालसम्म १ लाख ५९ हजार ६५ वटा नमूना पीसीआर विधिबाट परीक्षण गरिएको डा गौतमको भनाइ छ ।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  ४ : २२ बजे

खानेपानीका स्थानीय योजनामा बजेट अभाव

पाँचथर– पाँचथरका पालिका तथा वडास्तरमा निर्माण तथा मर्मत भइरहेका खानेपानीका

मुस्ताङमा आज पनि भारी हिमपात

मुस्ताङ– मुस्ताङमा सोमबार रातिदेखिको हिमपात जारी रहेको छ । भारी

इलामका बाढीपीडितलाई जर्मनीको सहयोग

काठमाडौं– सङ्घीय गणतन्त्र जर्मनीले इलामका बाढी प्रभावितलाई ६३ लाख ९६

सोलुखुम्बुको लोबुचेमा हेलिकप्टर दुर्घटना, पाइलट सकुशल

काठमाडौं- सोलुखुम्बुको लोबचेुमा हेलिकप्टर दुर्घटना भएको छ । अल्टिच्युड कम्पनीको

देशको राष्ट्रिय सुरक्षा खतरामा छ : प्रदीप ज्ञवाली

धरान— नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेकपा एकीकृत समाजवादी (नेकपा