काठमाडौं उपत्यकामा शनिबार थपिए ८ कोरोना संक्रमित « Khabarhub

काठमाडौं उपत्यकामा शनिबार थपिए ८ कोरोना संक्रमित


६ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  आज (शनिबार) काठमाडौं उपत्यकामा थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वस्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौंकी एक महिला र भक्तपुरका ७ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौँकी एक महिला र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भक्तपुरका ७ महिलाको पीसीआर रिपोर्ट पोजिटिभ आएको प्रवक्ता गौतमले जानकारी दिए।

पछिल्लो केहि दिनयता काठमाडौं उपत्यकामा दिनहुँ कोरोना संक्रमित पुष्टि हुन थालेको छ । हिजो (शुक्रबार) काठमाडौं उपत्यकामा तीन जना संक्रमित भेटिएका थिए भने बिहीबार ६ जना संक्रमित भेटिएका थिए ।

शनिबार देशभर गरेर ३३१ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार ६०५ पुगेको छ। संक्रमितमध्ये २२ जनाको मृत्यु भइसकेको छ भने १५ सय ७८ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  ५ : ०२ बजे

वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने

काठमाडौं–  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले वर्षायाममा उत्पादन हुने

भैँसी चराउन गएका ६० वर्षीय ब्रह्मदेवको खोलामा डुबेर मृत्यु

वीरगञ्ज– खोलामा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । विन्दवासिनी गाउँपालिका–२

गरिमालाई न्याय माग्दै माइतीघरमा आज पनि प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की ३ वर्षीय बालिका गरिमा

डाक्टर भन्छन्- लामो समय मोबाइलमा कुरा गर्दा सुन्ने क्षमता कमजोर हुन्छ, कानबाट टाढा राख्नू

बाँके– लामो समयसम्म मोबाइलमा गरिने कुराकानीले ध्वनि प्रदूषण हुँदा श्रवण

बाराबाट हराएकी दुई वर्षीया बालिका १२ घण्टापछि सकुशल फेला

बारा– कलैया उपमहानगरपालिका–१ कटि पर्सा टोलबाट हराएकी दुई वर्षीया बालिकालाई