यूएईको होप यानको सफल प्रक्षेपण,  फेब्रअरीमा मंगलग्रहमा पुग्ने « Khabarhub

यूएईको होप यानको सफल प्रक्षेपण,  फेब्रअरीमा मंगलग्रहमा पुग्ने


५ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संयुक्त अरब एमिरेट्स (यूएई) को पहिलो ऐतिहासिक मिशन अन्तर्गतको होप नामको एक यान मङ्गलका लागि सफल प्रक्षेपण गरिएको छ ।

उक्त यान जापानमा रहेको तनेगसिमा अन्तरिक्ष केन्द्रबाट एचटू-ए रकेटमार्फत प्रक्षेपण भएको हो । होप नामक उक्त मिशनले झण्डै ५० करोड किलोमिटर दूरी तय गरेपछि मङ्गलग्रहको मौसम र जलवायुबारे अध्ययन गर्ने बताइएको छ।

यसअघि प्रक्षेपणका दुईवटा प्रयास गत साता खराब मौसमका कारण स्थगित गरिएको थियो। युएई स्थापनाको ५०औँ वार्षिकोत्सबका दिन अर्थात सन् २०२१ को फेब्रुअरीमा होप यान मङ्गलग्रह पुग्ने बीबीसीले जनाएको छ ।

अमेरिकी विज्ञको अनुभवी परामर्श पाएका यूएईका इन्जिनियरहरूले छ वर्षमा एउटा परिष्कृत यान उत्पादन गरेका हुन्। र, यो भूउपग्रह मङ्गल ग्रहको कक्षमा पुगेपछि यसले ग्रहको वातावरणले कसरी काम गर्छ भन्ने ताजा विवरणहरूको खुलासा गर्नेछ।

उक्त ग्रहको सतहभन्दा झण्डै २२ हजार देखि ४४ हजार किलोमिटर माथि रहेर यो भू-उपग्रहले अध्ययनहरू गर्नेछ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ९ : ३१ बजे

दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला

काठमाडौँ- यस वर्षको दसैँमा घर जाने यात्रुका लागि आगामी असोज २३

वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीसँग विश्व वन्यजन्तु कोष

भारतमा राहुल गान्धीसहित विपक्षी नेता हिरासतमा

नयाँदिल्ली- भारतको निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गर्दै मतदाता

कांग्रेस महामन्त्रीमा डा. सुनीलकुमार शर्माको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा व्यवसायी डा. सुनीलकुमार शर्माले

नेपालमै सुरु भयो खुट्टा-जोर्नीको मिनिमली इन्भेसिभ शल्यक्रिया

काठमाडौँ- खुट्टा तथा जोर्नी सम्बन्धी जटिल समस्या भएका बिरामीहरूका लागि अब