यूएईको होप यानको सफल प्रक्षेपण,  फेब्रअरीमा मंगलग्रहमा पुग्ने « Khabarhub

यूएईको होप यानको सफल प्रक्षेपण,  फेब्रअरीमा मंगलग्रहमा पुग्ने


५ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संयुक्त अरब एमिरेट्स (यूएई) को पहिलो ऐतिहासिक मिशन अन्तर्गतको होप नामको एक यान मङ्गलका लागि सफल प्रक्षेपण गरिएको छ ।

उक्त यान जापानमा रहेको तनेगसिमा अन्तरिक्ष केन्द्रबाट एचटू-ए रकेटमार्फत प्रक्षेपण भएको हो । होप नामक उक्त मिशनले झण्डै ५० करोड किलोमिटर दूरी तय गरेपछि मङ्गलग्रहको मौसम र जलवायुबारे अध्ययन गर्ने बताइएको छ।

यसअघि प्रक्षेपणका दुईवटा प्रयास गत साता खराब मौसमका कारण स्थगित गरिएको थियो। युएई स्थापनाको ५०औँ वार्षिकोत्सबका दिन अर्थात सन् २०२१ को फेब्रुअरीमा होप यान मङ्गलग्रह पुग्ने बीबीसीले जनाएको छ ।

अमेरिकी विज्ञको अनुभवी परामर्श पाएका यूएईका इन्जिनियरहरूले छ वर्षमा एउटा परिष्कृत यान उत्पादन गरेका हुन्। र, यो भूउपग्रह मङ्गल ग्रहको कक्षमा पुगेपछि यसले ग्रहको वातावरणले कसरी काम गर्छ भन्ने ताजा विवरणहरूको खुलासा गर्नेछ।

उक्त ग्रहको सतहभन्दा झण्डै २२ हजार देखि ४४ हजार किलोमिटर माथि रहेर यो भू-उपग्रहले अध्ययनहरू गर्नेछ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ९ : ३१ बजे

 पार्टीलाई फुटबाट जोगाउने प्रयासमा छौँ : एनपी साउद

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच निरन्तर

संस्थापन पक्षको दाबी, ‘रातभरिमा सहमतिको विन्दु पत्ता लाग्छ’

काठमाडौं- नेपाली कांग्रेसका संस्थापन पक्षका नेता श्याम घिमिरेले कांग्रेसमा अहिले

एक सय १६ कैदीबन्दी फर्कन बाँकी

चितवन– जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये ११६ जना अझै

इरानको राजधानीमा सुरक्षा सतर्कता, जनजीवन सामान्य बन्दै

तेहरान- इरानमा हालै भएका देशव्यापी प्रदर्शनपछि लागू गरिएको कडा सुरक्षाका

राज्यमन्त्रीको सेवा पाउनेगरी प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा रावल नियुक्त

काठमाडौं– अन्तरिम सरकारले प्रधानमन्त्री सुशिला कार्कीको प्रेस सल्लाहकारमा राम रावललाई