हराएको १५० दिनपछि मानव कङ्काल सार्वजनिक « Khabarhub

हराएको १५० दिनपछि मानव कङ्काल सार्वजनिक


५ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- जिल्ला प्रहरी कार्यालय सुर्खेतले विसं २०७६ फागुन १० गते हराएका बराहताल गाउँपालिका–१ सुर्खेत सम्मेनीका ३१ वर्षीय शिवराम रानाको मानव कङ्काल सार्वजनिक गरेको छ ।

हराएको करिब १५० दिनपछि रानाको कङ्काल प्रहरीले आइतबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो । रानाको पत्नी मनरुपा रानाले गत फागुनमा हराएका उनलाई बेपत्ता पारिएको भनी गत असार १६ गते सोही वडावासी ३१ वर्षीय यामबहादुर सम्सेली र ३० वर्षीय सूर्यबहादुर वलीविरुद्ध प्रहरीमा किटानी जाहेरीपश्चात् उनीहरुलाई अनुसन्धानका लागि पक्राउ गरी अनुसन्धान थालिएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

अनुसन्धानको क्रममा जिप्रका प्रहरी निरीक्षक गोपाल रायमाझी नेतृत्वको टोलीले गत असार ३१ गते ठाकुरबाबा नगरपालिका–१ बर्दिया राष्ट्रिय निकुञ्जस्थित पाँडे खोलामा रानाको कङ्काल फेला पारेको प्रहरी उपरीक्षक भट्टले जानकारी दिए । उनका अनुसार उक्त कङ्काल शिवरामकै हो भनी मृतककी पत्नी मनरुपा राना र बुबाले सनाखत गरेपछि यही साउन २ गते उनीहरु विरुद्ध कर्तव्य ज्यानमा किटानी जाहेरी दिएपछि त्यहीअनुरुप अनुसन्धानको कारवाही अगाडि बढेको छ ।

प्रहरीले बर्दिया राष्ट्रिय निकुञ्जस्थित पाँडेखोलाबाट एक थान एक नाले भरुवा बन्दुक, दुई थान मृतक शिवरामको टाउकाको खप्पर मानव कङ्काल, एक थान खुट्टाको हड्डी, दुई थान हातको हड्डी, एक थान कलो सल्याक्स, खैरो कालो रङको एक थान झोला फेला पारेको थियो । यसैगरी झौलाभित्र रहेको चार डिब्बा गन पाउडर, पानीले भिजेर डल्लो परेको चार बट्टा सलाई, फलामको हँसिया, खुकुरी र स्टिलको थाली एकएक थान, फलामका स–साना टुक्रा र नेपाली सेनाले प्रयोग गर्ने कलरको एक थान कम्ब्याट जाकेट बरामद गरी पत्रकार सम्मेलनमा सार्वजनिक गरेको छ ।

करिब पाँच महिना हराएका शिवरामको सनाखतपश्चात् कर्तव्य ज्यान मुद्दा लगाइएका दुवै अभियुक्तको वास्तविक अनुसन्धान थालिएको र यथार्थ रिपोर्टका लागि मृतकको कङ्कालको डिएनए परीक्षण गरिने प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  १ : २३ बजे

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान