प्रचण्डले आफूनिकटका स्थायी कमिटी सदस्यलाई भने- ओलीसँग सहमतिको अन्तिम प्रयास जारी छ « Khabarhub

प्रचण्डले आफूनिकटका स्थायी कमिटी सदस्यलाई भने- ओलीसँग सहमतिको अन्तिम प्रयास जारी छ


५ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा भित्रको विवाद किनारा लगाउन नेताहरु अझै दौडधुपमा छन् ।

विवाद समाधान गर्नकै लागि पटक पटक स्थायी कमिटी बैठक स्थगित भएको छ भने सचिवालयमा पनि नेताहरुले छलफल गरेका छन् । योसँगै गुटगत रुपमा पनि नेताहरु छलफलमा जुटेका छन् । आज पनि अध्यक्ष प्रचण्ड निवास खुमलटारमा प्रचण्ड पक्षधर स्थायी कमिटीका नेताहरुको लामै बैठक चल्यो ।

बैठकमा नेताहरुले जसरी पनि पार्टीलाई फुटबाट जोगाउन अध्यक्ष प्रचण्डलाई दबाव दिएका छन् ।

अध्‍यक्ष प्रचण्डले पनि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीसँग भएका कुराकानी नेताहरुसँग सेयर गरेका छन् ।

आफू निकटका प्राय: सबै स्थायी कमिटी सदस्यलाई बोलाएर प्रचण्डले अन्तिम समझदारी प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीसँगै गर्नु पर्ने धारणा राखेको बैठकमा सहभागी एक नेताले बताए । उनले ओलीसँग सहमति भने भइनसकेको जानकारी गराएको पनि ती नेताले बताए ।

प्रचण्डको भनाइ उदृत गर्दै ती नेताले भने, ‘सहमति ठ्याक्कै बनिसकेको छैन। समझदारी केपी ओलीसँगै गर्नुपर्छ। की पार्टी फुट्नु पर्‍यो होइन भने त्यही गर्नपर्छ । समझदारी-असमझदारी, झगडा जे गरे पनि आखिर त्यही हो। अरूसँग कुरा मिलाएर त हुदैन।’

बैठकमा सहभागी नेताहरुले पनि जसरी भएपनि विवाद हल गरी पार्टीलाई एकढिक्का बनाएर अघि बढ्न सुझाव दिएको उनले सुनाए ।

महाधिवेशनबारे प्रधानमन्त्रीसँग छलफल भएको भए पनि सहमति भने भइनसकेको प्रचण्डले स्थायी समिति सदस्यलाई जानकारी गराएका थिए।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  २ : १३ बजे

रास्वपाले टुंग्यायो ३३ क्षेत्रका उम्मेदवार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

यसरी छानिँदै छ निर्वाचन प्रहरी (तस्बिरहरू)

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयहरूमा दरखास्त फाराम दर्ता

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको