७२ वर्षे क्यान्सर पीडितले जिते कोरोना « Khabarhub

७२ वर्षे क्यान्सर पीडितले जिते कोरोना


५ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओखलढुंगा- ओखलढुङ्गामा ७२ वर्षीय क्यान्सर पीडित ज्येष्ठ नागरिक कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन ।

लिखु गाउँपालिकाको सिंहदेवीका क्यान्सर पीडित पुरुषलाई क्यान्सरको समस्या जटिल बनेपछि अस्पतालबाट घर फर्काएपछि गरिएको परीक्षणमा कोरोना सङ्क्रमण देखिएको थियो ।

घरैमा चिकित्सकको निगरानीमा राखिएका उनमा सोमबार कोरोना परीक्षण रिपोर्ट नेगेटिभ देखिएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले जानकारी दिए ।

त्यस्तै काठमाडौं, बाग्लुङ तथा साउदी अरबबाट ओखलढुङ्गा फर्किएका चार जना पनि कोरोनामुक्त भएसँगै ओखलढुङ्गा जिल्ला नै कोरोनामुक्त भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

प्रमुख जिल्ला अधिकारी पौडेलले जिल्लालाई कोरोनामुक्त बनाउने अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा दुई सय २६ जनाको पीसीआर रिर्पोट नेगेटिभ आएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ३ : ३४ बजे

केन्यामा इबोला सङ्क्रमित आठ पुगे

नैरोबी- केन्यामा इबोला सङ्क्रमितको सङ्ख्या आठ पुगेको छ । स्वास्थ्य

कोप–३१ मा नेपालको प्राथमिकता : जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी

काठमाडौँ- नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ

ऊर्जा केन्द्रमा रुस–युक्रेनको आक्रमण तीव्र, ट्रम्पका दूतसँग जेलेन्स्कीको वार्ता

एजेन्सी– रुस र युक्रेनले एकअर्काका ऊर्जा पूर्वाधारमा आक्रमण तीव्र पारिरहेका

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

बर्दिया– घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहेको छ र

भारत छाड्ने सरकारी आदेशविरुद्ध अदालत पुगे इमरान खान, ओसीआई कार्ड पनि रद्द हुन सक्ने

काठमाडौँ – बलिउड अभिनेता आमिर खानका भान्जा तथा अभिनेता इमरान खान