एनआरएन यूएईका निर्वाचन संयोजकले रकम हिनामिना गरेको भन्दै दूतावासमा उजुरी « Khabarhub

एनआरएन यूएईका निर्वाचन संयोजकले रकम हिनामिना गरेको भन्दै दूतावासमा उजुरी



दोहा – गैरआवासीय नेपाल संघ राष्ट्रिय समन्वय परिषद्(एनआरएनए) यूएईका निर्वाचन संयोजक राजेश दर्शन अर्यालले रकम हिनामिना गरेको भन्दै यूएईस्थित नेपाली दूतावासमा उजुरी परेको छ ।

संयोजक अर्यालले गत साल सम्पन्न निर्वाचनको रकम हिनामिना गरेको भन्दै दूतावासमा उजुरी परेको हो ।

अर्यालले गत वर्ष सेप्टेम्बरमा २०१९–२१ कार्यकालको लागि सम्पन्न भएको एनआरएनए यूएईको निर्वाचनको खर्च नबुझाई २ लाख २० हजार दिर्हाम पैसा लिएर सम्पर्कबिहिन भएको भन्दै उजुरी दर्ता गरिएको एनआरएनको विज्ञप्तिमा उल्लेख गरेको छ ।

यस्तै, तत्कालीन अध्यक्ष रमेश श्रेष्ठलाई पनि संघले रकम हिनामिनामा संलग्न भएको आरोप लगाउदै कारबाहीको लागि सिफारिस गरिएको छ । एनआरएनए यूएईका अध्यक्ष प्रकाश कोइरला र महासचिव निश्चल दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा नेपाल सरकारका गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, समाज कल्याण मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई समेत बोधार्थ गरिएको छ।

रकम उठाउन पटक–पटक ताकेता गर्दा पनि निर्वाचन समितिका संयोजक अर्याल तथा तत्कालिन अध्यक्ष श्रेष्ठले वर्तमान कार्यसमितिलाई बेवास्ता गरेको र विभिन्न बहाना बनाएकाले उजुरी गर्न बाध्य पारिएको एनआरएनए यूएईले जनाएको छ ।

संघले संयोजक अर्याललाई बारम्बार सम्पर्क गर्दा अगष्ट महिनाको २ तारिख सम्ममा आएर हिसाब बुझाउने बचन दिए पनि अहिलेसम्म उनी सम्पर्क नआएको बताइएको छ ।

गत वर्ष सेप्टेम्बरमा सम्पन्न अधिवेशनमा प्रति सदस्यता शुल्क ५० दिर्हाम बापत २ लाख २० हजार दिर्हामभन्दा बढी रकम संकलन भएको थियो।

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार  ८ : २४ बजे

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,