एनआरएन यूएईका निर्वाचन संयोजकले रकम हिनामिना गरेको भन्दै दूतावासमा उजुरी | Khabarhub Khabarhub

एनआरएन यूएईका निर्वाचन संयोजकले रकम हिनामिना गरेको भन्दै दूतावासमा उजुरी



दोहा – गैरआवासीय नेपाल संघ राष्ट्रिय समन्वय परिषद्(एनआरएनए) यूएईका निर्वाचन संयोजक राजेश दर्शन अर्यालले रकम हिनामिना गरेको भन्दै यूएईस्थित नेपाली दूतावासमा उजुरी परेको छ ।

संयोजक अर्यालले गत साल सम्पन्न निर्वाचनको रकम हिनामिना गरेको भन्दै दूतावासमा उजुरी परेको हो ।

अर्यालले गत वर्ष सेप्टेम्बरमा २०१९–२१ कार्यकालको लागि सम्पन्न भएको एनआरएनए यूएईको निर्वाचनको खर्च नबुझाई २ लाख २० हजार दिर्हाम पैसा लिएर सम्पर्कबिहिन भएको भन्दै उजुरी दर्ता गरिएको एनआरएनको विज्ञप्तिमा उल्लेख गरेको छ ।

यस्तै, तत्कालीन अध्यक्ष रमेश श्रेष्ठलाई पनि संघले रकम हिनामिनामा संलग्न भएको आरोप लगाउदै कारबाहीको लागि सिफारिस गरिएको छ । एनआरएनए यूएईका अध्यक्ष प्रकाश कोइरला र महासचिव निश्चल दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा नेपाल सरकारका गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, समाज कल्याण मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई समेत बोधार्थ गरिएको छ।

रकम उठाउन पटक–पटक ताकेता गर्दा पनि निर्वाचन समितिका संयोजक अर्याल तथा तत्कालिन अध्यक्ष श्रेष्ठले वर्तमान कार्यसमितिलाई बेवास्ता गरेको र विभिन्न बहाना बनाएकाले उजुरी गर्न बाध्य पारिएको एनआरएनए यूएईले जनाएको छ ।

संघले संयोजक अर्याललाई बारम्बार सम्पर्क गर्दा अगष्ट महिनाको २ तारिख सम्ममा आएर हिसाब बुझाउने बचन दिए पनि अहिलेसम्म उनी सम्पर्क नआएको बताइएको छ ।

गत वर्ष सेप्टेम्बरमा सम्पन्न अधिवेशनमा प्रति सदस्यता शुल्क ५० दिर्हाम बापत २ लाख २० हजार दिर्हामभन्दा बढी रकम संकलन भएको थियो।

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार  ८ : २४ बजे

जिरोनामाथि बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौं – स्पेनिश लालिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले

काठमाडौं उपत्यकामा स्वरुप परिर्वतन गरिएका २७५ बाइक नियन्त्रणमा

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरुप परिर्वतन गर्ने २७५

एभर्टनविरुद्ध म्यानचेस्टर सिटीको सहज जित, हालान्ड बने नायक

म्यानचेस्टर – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

गोरखा बजारबाट २० किलोग्राम पटका बरामद

गोरखा – प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित

काठमाडौं – बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार