कुटपिटबाट महिलाको मृत्यु, चार जना पक्राउ « Khabarhub

कुटपिटबाट महिलाको मृत्यु, चार जना पक्राउ


४ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा- सिरहाको अर्नमा गाउँपालिका–५ कृष्णपुरमा बाटोको विषयलाई लिएर बिवाद बढ्दै गई कुटपिट हुँदा एक महिलाको मृत्यु भएको छ ।

बाटोको विषयलाई स्थानीयबीच कुटपिट हुँदा गम्भीर घाइते भएकी कृष्णपुरकी ५० वर्षीया सीतादेवी राउतको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीयको लाठी प्रहारबाट अनुहार र शरीरका भित्री भागमा चोट लागेको राउतको जिल्ला अस्पताल सिरहामा उपचारको क्रममा बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

कुटपिटमा संलग्न भएको आरोपमा स्थानीय ४७ वर्षीय बालदेव साह, ३८ वर्षीय कमलेश राउत, ४६ वर्षीया लिला देवी राउत र २२ वर्षीया सुलेखा राउत पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बिनोद घिमिरेले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए ।

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार  ९ : ०७ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज १३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स