कुटपिटबाट महिलाको मृत्यु, चार जना पक्राउ « Khabarhub

कुटपिटबाट महिलाको मृत्यु, चार जना पक्राउ


४ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा- सिरहाको अर्नमा गाउँपालिका–५ कृष्णपुरमा बाटोको विषयलाई लिएर बिवाद बढ्दै गई कुटपिट हुँदा एक महिलाको मृत्यु भएको छ ।

बाटोको विषयलाई स्थानीयबीच कुटपिट हुँदा गम्भीर घाइते भएकी कृष्णपुरकी ५० वर्षीया सीतादेवी राउतको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीयको लाठी प्रहारबाट अनुहार र शरीरका भित्री भागमा चोट लागेको राउतको जिल्ला अस्पताल सिरहामा उपचारको क्रममा बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

कुटपिटमा संलग्न भएको आरोपमा स्थानीय ४७ वर्षीय बालदेव साह, ३८ वर्षीय कमलेश राउत, ४६ वर्षीया लिला देवी राउत र २२ वर्षीया सुलेखा राउत पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बिनोद घिमिरेले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए ।

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार  ९ : ०७ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको