गुल्मीमा एक हप्ता लकडाउन गर्ने निर्णय « Khabarhub

गुल्मीमा एक हप्ता लकडाउन गर्ने निर्णय


४ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तम्घास – कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन भन्दै गुल्मी जिल्लामा एक हप्ताका लागि लकडाउन गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय गुल्मीको डिसीसीएमसीको बैठकले भदौ ५ राति १२ बजेदेखि लागु हुने गरी एक हप्ता लकडाउन गर्ने तयारी गरेको हो ।

जिप्रका गुल्मीका प्रशासकीय अधिकृत उद्वव पन्थीले जिल्लाभर लागु हुने गरी लकडाउन गर्ने निर्णय भएको खबरहबलाई बताए ।

‘भोलि शुक्रवार बाह्र बजेदेखि गुल्मी जिल्लाभर लागू हुने गरी एक हप्ताका लागि लकडाउन गर्ने निर्णय भएको छ,’ उनले भने ।

जिप्रका गुल्मीले सूचना जारी गरेर यसबारेमा सर्वसाधारणलाई जानकारी गराउने तयारी गरेको पन्थीले बताए ।

यसअघि गरिएको लकडाउन खुलेसँगै गुल्मी जिल्लामा जनजीवन सामान्यजस्तै बनेको थियो । जनजीवन सामान्य बन्दै गएको र कोरोना संक्रमण फैलन सक्ने भन्दै एक हप्ताका लागि लकडाउन गर्ने निर्णय गरिएको हो ।

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार  १२ : ३७ बजे

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज  २७ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई