विप्लव समूहका २ नेता पक्राउ « Khabarhub

विप्लव समूहका २ नेता पक्राउ


४ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- प्रतिबन्धित नेत्र विक्रम चन्द समूहकी केन्द्रीय सदस्य ४१ वर्षीया उमा भुजेललाई सप्तरी प्रहरीले आज पक्राउ गरेको छ ।

भुजेलसँगै चन्द समूहका अर्का नेता ३१ वर्षीय सुमनसिंह पौडेलसमेत पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी तिलक भारतीले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीले भारदहमा प्रहरीसँग अभद्र गरेको व्यवहारमा उनीहरू विरुद्ध मुद्दा चलाएको छ ।

अन्तरिम व्यवस्थापिकामा विधायकसमेत बनेकी चन्द समूहकी पूर्वपोलिटब्यूरो सदस्य भुजेल र नेता पौडेललाई जिल्ला अदालत सुनसरीले मङ्गलबार पुर्पक्षका लागि साधारण तारखेमा रिहा गरेको थियो ।

नेपाल सरकारले चन्द समूहको नेकपामाथि २०७५ फागुन २८ गतेदेखि प्रतिबन्ध लगाएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार  ३ : १९ बजे

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डा डेनियल

न्यून गुणस्तरको टिलसेट इन्जेक्सन बजारबाट फिर्ता गर्न विभागको निर्देशन

काठमाडौं– औषधि व्यवस्था विभागले टिलसेट नामक इन्जेक्सनको एक ब्याच न्यून

गोविन्द केसीसँग संवाद जारी छ : शिक्षामन्त्री

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शैक्षिक परामर्श व्यवसायीका लागि

परराष्ट्रले भन्यो- अनलाइन स्क्यामिङ सेन्टरमा ठगीमा परेका ८६० जना नेपालीको उद्धार गर्‍यौँ

काठमाडौं– परराष्ट्र मन्त्रालय मन्त्रालयले मध्यपूर्वको द्वन्द्वका कारण सो क्षेत्रमा रहेका

राहुल गान्धीको आक्रोश : धर्मेन्द्र प्रधान अपराधी शिक्षामन्त्री हुन्, हटाउनै पर्छ

काठमाडौं । भारतमा नीट प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर विपक्षी दल