तनहुँका नौ पालिकामा निषेधाज्ञा « Khabarhub

तनहुँका नौ पालिकामा निषेधाज्ञा


४ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- जिल्ला प्रशासन कार्यालय तनहुँले जिल्लाका १० पालिकामध्ये नौ पालिकामा निषेधाज्ञा जारी गरेको छ ।

प्रशासन कार्यालयद्वारा पाँच र पालिकास्तरबाट चार पालिकामा निषेधाज्ञा गरिएको हो । ऋषिङ गाउँपालिकामा भने लकडाउन गरिएको छैन ।

लकडाउन नगरिए पनि सर्तकता अपनाएर काम गरिएको र सवारी साधान अत्यावश्यकबाहेक गुड्न रोक लगाइएको ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए।

समुदायस्तरमा कोरोना सङ्क्रमित बढ्दै गएपछि जिल्लाको भानु नगरपालिका, व्यास नगरपालिका, शुक्ला गण्डकी नगरपालिका, भिमाद नगरपालिका र देवघाट गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको हो ।

त्यसैगरी घिरिङ, बन्दिपुर, आँबुखैरेनी र म्याग्दे गाउँपालिका क्षेत्रहरुमा पालिकास्तरबाट निर्णय गरी एक साताको लागि अत्यावश्याक बाहेकका अन्य सेवा सुविधा बन्द गरिएको छ । भानु र व्यासमा यसअघि नै निषेधाज्ञा गरिसकिएको छ ।

शुक्ला गण्डकी, भिमाद र देवघाटमा बुधबार राति १२ बजेदेखि भदौ १० गतेसम्मको लागि निषेधाज्ञा गरिएको हो । पछिल्लो समय समुदायमा कोरोना पोजेटिभ देखिन थालेपछि भानु नगरपालिकाका, व्यास नगरपालिका, भिमाद नगरपालिकाको सबै वडा, शुक्लागण्डकी नगरपालिकाको २ देखि ९ वडा र देवघाट गाउँपालिकाको ५ नं वडामा मात्रै निषेधाज्ञा गरिएको छ ।

भानु नगरपालिकामा २५, व्यास नगरपालिकामा हालसम्म आठ, देवघाटमा तीन, शुक्लागण्डकी नगरपालिकामा एक र बन्दिपुरमा एक गरी ३८ जनामा कोरोना देखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए ।

त्यसैगरी बन्दिपुर गाउँपालिका र आँबुखैरेनी गाउँपालिका र घिरिङ गाउँपालिकाले भने प्रशासनसँग अनुमति नलिई पालिका तहबाटै अत्यावश्यक बाहेकका अन्य सबै सेवा सुविधा बन्द गर्ने सहमति गरी बजार बन्द गर्दै आएका छन् ।

बन्दिपुर गाउँपालिकाले समुदायमा कोरोना पुष्टि भएपछि साउन ३० गतेबाट लकडाउन गरेको छ । समुदायस्तरमा कोरोना देखिन थालेपछि सुरक्षाको दृष्टिले लकडाउन गरिएको गाउँपालिकाका अध्यक्ष पुर्णसिं थापाले बताए।

त्यसैगरी आँबुखैरेनी गाउँपालिकाको छिमेकी नगरपालिका तथा गाउँपालिकाको समुदायस्तरमा कोरोना सङ्क्रमण देखिन थालेपछि उच्च जोखिममा रहेको भन्दै एक हप्ताको लागि बन्द गरेको छ । भदौ १ गतेदेखि लागू हुने गरी एक हप्ताको लागि बजार तथा कार्यालयका अत्यावश्यक सेवा बाहेकका अन्य सेवाहरु सञ्चालन गर्न रोक लगाइएको अध्यक्ष गीरबहादुर थापाले जानकारी दिए ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम सङक्रमित जोखिम क्षेत्रमा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी सागर आचार्याले जानकारी दिए ।

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार  ८ : ५४ बजे

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा – आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

विपद्को समयमा सम्पूर्ण देशवासीको साथ र सहयोग आवश्यक छ : प्रचण्ड

सिरहा – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

निवर्तमान मन्त्रीसँग छलफल गरेर अघि बढ्छु : नवनियुक्त उद्योगमन्त्री साह

काठमाडौं – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले खाना

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडाैं – हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीहरूले