जर्मन बुण्डेस लिगा : हालाण्डको उत्कृष्ट प्रदर्शनमा बोरूसियाको जित « Khabarhub

जर्मन बुण्डेस लिगा : हालाण्डको उत्कृष्ट प्रदर्शनमा बोरूसियाको जित


४ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अर्लिङ हालाण्डले उत्कृष्ट प्रदर्शन गर्दा बोरुसिया डर्टमण्डले जर्मन बुण्डेसलिगा फुटबलमा सहज जित निकालेको छ ।

शनिबार राति भएको सिजनको पहिलो खेलमा बोरुसिया मुन्छेनग्लाडबाखलाई ३-० गोल अन्तरले पराजित गर्दै डर्टमण्डले सुखद सुरुवात गरेको हो ।

घरेलु मैदानमा डर्टमण्डलाई जित दिलाउन अर्लिङ हालाण्डले दुई गोल गरे । यस्तै जियोभानी रेइनाले एक गोल गरे ।

खेलको ३५औं मिनेटमा जियोभानीको गोलबाट डर्टमण्डले अग्रता बनाएको थियो । ५४औं मिनेटमा हालाण्डले पेनाल्टीमा गोल गर्दै डर्टमण्डको अग्रता २-० को बनाए ।

त्यसपछि खेलको ७७औं मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-० को जित दिलाए ।

जितसँगै डर्टमण्डले सिजनको सुखद सुरुवात गरेको छ । पहिलो खेलमै डर्टमण्डले महत्वपूर्ण ३ अंक जोडेको छ । डर्टमण्ड तालिकाको तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ५ : ५८ बजे

निर्वाचन क्षेत्रका आलोचक ठेगान लगाउन रास्वपा सांसद गुहारे साइबर ब्युरो, ‘भाग्यो’ भनेर भ्रम फैलाएको जिकिर

काठमाडौं- सामाजिक सञ्जालमार्फत पुराना दल र सरकारलाई प्रश्न तथा आलोचना

गगनलाई नेताहरूको सुझाव : पूर्वसभापति देउवासँग अन्तिम पटक संवाद गर्नुस्

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शेरबहादुर देउवालाई पार्टी प्रणालीभित्र

अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै, संघतर्फ भूमि व्यवस्था र संघीय मामिलाका उच्च

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा

नौ लाख रुपैयाँ घुससहित समातिए नापीका टोली प्रमुख वली

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं.

सानेपा पुगेर चन्द्र भण्डारीले भने, ‘यो उमेरमा देउवालाई छोराछोरीले नस्याहारेर कसले स्याहार्छ ?’

काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सानेपा पुगेर आफ्नै घर