न्यून चापीय रेखाको प्रभावले आज पनि केही स्थानमा हल्का वर्षाको पूर्वानुमान   « Khabarhub

न्यून चापीय रेखाको प्रभावले आज पनि केही स्थानमा हल्का वर्षाको पूर्वानुमान  


४ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मनसुनको न्यून चापीय रेखाको प्रभावले आज पनि मुलुकका विभिन्न स्थानमा हल्का वर्षा हुने पूर्वानुमान गरिएको छ ।

मौसम पूर्वानुमा महाशाखाका अनुसार अहिले बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशमा आंशिक बदली भएको छ ।

आज दिउँसो मुलुकभर आंशिक बदली भई देशभर हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति भने प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको  महाशाखाले जनाएको छ ।

मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिण तर्फ अवस्थित रहेकाले सोमबार मंगलबार भने मुलुकका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ६ : ५५ बजे

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स– ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण गर्ने

पर्यटन प्रवर्द्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने

काठमाडौं– नेपालको पर्यटन प्रवर्द्धनका लागि नेपाल एसोसिएसन अफ टुर एण्ड

विभिन्न स्थानबाट लागूऔषधसहित १६ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित १६

सिँचाइ विकाससँगै कृषि उत्पादन र रोजगारी विस्तारमा मन्त्री श्रेष्ठको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ठूला सिँचाइ

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

झापा– पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्बभन्दा बढीको