धेरै कफी पिउने बानी छ ? सावधान ! गम्भीर असर पर्नसक्छ « Khabarhub

धेरै कफी पिउने बानी छ ? सावधान ! गम्भीर असर पर्नसक्छ


४ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाडो महिनामा मात्र होइन गर्मी मौसममा पनि कफी पिउने गरिन्छ ।

कतिपय मानिस त कफीको शौखिन नै हुने गर्दछन् । विशेष गरी कार्यालयमा काम गर्ने युवापुस्ता माझ कफी क्रेज बढि छ ।

झ्याप झ्याप निन्द्रा लाग्दा होस् वा तलतल मेटाउन कफी पिउनेहरु बढि भेटिन्छन् । तर कफीलाई शौखका रुपमाभन्दा पनि आवश्यकताको आधारमा पिउनु पर्दछ । मन पर्यो भन्दै कफीको अत्यधिक सेवन गरेमा यसको लाभको सट्टा हानी हुने गर्दछ ।

चिकित्सकका अनुसार दिनमा ३/४ कपभन्दा बढि कफीको सेवन गर्नु हुदैन । अन्यथा यसले निन्द्रामा प्रभाव पार्दछ । मानिस पर्याप्त निदाउन पाउँदैन । यस अलावा कफीको अत्यधिक सेवनले मानसिक तथा शारीरिक समस्या निम्त्याउँछ । कफीले मानिसलाई डर पैदा गर्ने र मुटुको धड्कन रोक्ने सम्भावना बढाउने गर्दछ ।

अध्ययन अनुसन्धानका अनुसार धेरै कफी पिउदा स्वास्थ्यमा खतरा बढ्दछ । कफीमा हुने कफिनको अत्यधिक सेवनले गर्भपतनको सम्भावना बढी हुन्छ । त्यसैले गर्भवती महिलाले सकेसम्म बढी कफी सेवन गर्न हुदैन । अन्यथा कम वजनको शिशु जन्मने, शारीरिक तथा मानसिक अपाङ्गता हुन सक्ने सम्भावना धेरै हुन्छ ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ९ : ३८ बजे

जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

वालिङ– जुम्लाको स्याउ यहाँका उपभोक्ताको रोजाइमा पर्ने गरेको छ ।

स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालन

रसुवा– भोटेकोशी बाढीले सडक सञ्जाल टुटेपछि अवरुद्ध रसुवाको स्याफ्रुबेँसीबाट गोसाइँकुण्ड

झापामा चार लाख ५१ हजारले पाए राष्ट्रिय परिचयपत्र

झापा– झापामा चार लाख ५१ हजार ७०४ जनाले राष्ट्रिय परिचयपत्र

तिहारलक्षित सयपत्री फूलखेतीमा जमेका विष्ट

सुनसरी– तिहारलाई लक्षित गर्दै बराहक्षेत्र नगरपालिका–६ का किसान अर्जुन विष्टले

पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयनका लागि कार्यदल गठन

काठमाडौँ– सरकारले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनका