भियतनाममा शक्तिशाली आँधी, तीनको मृत्यु « Khabarhub

भियतनाममा शक्तिशाली आँधी, तीनको मृत्यु


४ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

भियतनाम- भियतनाममा केही दिनयतादेखि शक्तिशाली आँधी आएको छ । आँधीमा परी तीन जनाको मृत्यु भएको छ भने एक सयभन्दा बढी घाइते भएका छन् ।

भियतनामका केही मध्य क्षेत्रीय प्रान्तहरुमा यो आँधी आएको छ । नोउल नामको सो आँधीका कारण भौतिक संरचनाहर पनि भत्किएका छन् ।

यस आँधीमा परेर ११२ जना नागरिक घाइते भएका छन् । सो कुराको जानकारी भियतनामको राष्ट्रिय प्राकृतिक प्रकोप व्यवस्थापन केन्द्रले दिएको छ ।

भियतनामको मध्य प्रान्त थुवा हेन हाउमा तीन जनाको ज्यान गएको बताइएको छ । सो प्रान्तमा ५० भन्दा बढी नागरिक घाइते भएका छन् ।त्यस प्रान्तका १० घर भत्किएका छन् । त्यस्तै यहाँका २६ हजार भन्दा बढी नागरिक नराम्रोसँग प्रभावित भएका छन् ।

यसै वर्षको जनवरीमा पनि त्यहाँ ठूलो आँधी आएको थियो । त्यसमा परी करिब ७८ जनाको ज्यान गएको थियो भने हजारौँ नागरिक घरबारविहीन भएका थिए ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  २ : १४ बजे

पाकिस्तान एसिया कपको च्याम्पियन बन्दा भारतको १९१ रनको लज्जास्पद हार

काठमाडौं – यु-१९ एसिया कप क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ।

सुदन र मिराजलाई रक्षा बमको चेतावनी : चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्नुहोस्

काठमाडौं – जेन-जी अभियान्ता रक्षा बमले अर्का भगौडा जेन-जी मिराज

निर्वाचन ७३ दिन बाँकीः कस्तो छ समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत ?

काठमाडौं – राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार