दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माण तीव्र रुपमा | Khabarhub Khabarhub

दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माण तीव्र रुपमा


४ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माणको काम तीव्र रुपमा अघि बढेको छ । अहिले पहिलो चरणको निर्माणको काम ८५ प्रतिशत सकिएको छ ।

आजै शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले निर्माणाधीन बञ्चरेडाँडाको अवलोकन गरेका छन् ।

अवलोकनपछि उनले यही असोज महिनाभित्र ल्याण्डफिल साइटको पहिलो चरणको निर्माण सकिने जनाउँदै आगामी कात्तिक पहिलो सातादेखि फोहर विसर्जन गर्न सकिने बताए ।

कोरोना भाइरसको कारण निर्माणमा केही ढिलाइ भएको बताउँदै राज्यमन्त्री मानन्धरले अब एक महिनाभित्र साइट निर्माण सकिने जिकिर गरे ।

काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनका लागि सरकारले स्यानेटरी ल्याण्डफिल साइट बनाइरहेको छ । सामान्य अवस्थामा फोहर विसर्जन गर्दा २५ वर्ष र स्यानेटरी ल्याण्डफिल गर्दा कम्तीमा ५० वर्षका लागि उक्त स्थानमा उपत्यकाको फोहर व्यवस्थापन हुन सक्ने बताइएको छ ।

विगत १३ वर्षदेखि काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर विसर्जन गरिँदै आएको सिसडोल भरिएपछि त्यसभन्दा दुई किलोमिटर पर एक हजार सात सय रोपनी जग्गा अधिग्रहण गरी निर्माण थालिएको हो । उक्त स्थान निर्माणका लागि करीब रु तीन अर्ब र कम्तीमा दुई वर्ष समय लाग्ने अनुमान गरिएको छ ।

उपत्यकाबाट दैनिक १२ सय मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । सबैभन्दा बढी काठमाडौँ महानगरबाट पाँच सय मेट्रिक टन फोहर लाने गरिएको छ ।

हरेक दिन उपत्यकाबाट निजी र कामपाका गरी दुई सय गाडी फोहर लगिने गरिएको छ । वर्षाको समय आएपछि बाटो पहिराले पुर्ने र खाल्टो पर्ने हुँदा लामो समयसम्म पनि फोहर उपत्यकामा नै रहने समस्या नौलो होइन ।

नुवाकोट जिल्लाको ककनी गाउँपालिका र धादिङ जिल्लाको धुनिबेंसी नगर क्षेत्रको फोहर पनि ल्याण्डफिल साइटमा ल्याइने गरेको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ६ : ५४ बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला