दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माण तीव्र रुपमा « Khabarhub

दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माण तीव्र रुपमा


४ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माणको काम तीव्र रुपमा अघि बढेको छ । अहिले पहिलो चरणको निर्माणको काम ८५ प्रतिशत सकिएको छ ।

आजै शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले निर्माणाधीन बञ्चरेडाँडाको अवलोकन गरेका छन् ।

अवलोकनपछि उनले यही असोज महिनाभित्र ल्याण्डफिल साइटको पहिलो चरणको निर्माण सकिने जनाउँदै आगामी कात्तिक पहिलो सातादेखि फोहर विसर्जन गर्न सकिने बताए ।

कोरोना भाइरसको कारण निर्माणमा केही ढिलाइ भएको बताउँदै राज्यमन्त्री मानन्धरले अब एक महिनाभित्र साइट निर्माण सकिने जिकिर गरे ।

काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनका लागि सरकारले स्यानेटरी ल्याण्डफिल साइट बनाइरहेको छ । सामान्य अवस्थामा फोहर विसर्जन गर्दा २५ वर्ष र स्यानेटरी ल्याण्डफिल गर्दा कम्तीमा ५० वर्षका लागि उक्त स्थानमा उपत्यकाको फोहर व्यवस्थापन हुन सक्ने बताइएको छ ।

विगत १३ वर्षदेखि काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर विसर्जन गरिँदै आएको सिसडोल भरिएपछि त्यसभन्दा दुई किलोमिटर पर एक हजार सात सय रोपनी जग्गा अधिग्रहण गरी निर्माण थालिएको हो । उक्त स्थान निर्माणका लागि करीब रु तीन अर्ब र कम्तीमा दुई वर्ष समय लाग्ने अनुमान गरिएको छ ।

उपत्यकाबाट दैनिक १२ सय मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । सबैभन्दा बढी काठमाडौँ महानगरबाट पाँच सय मेट्रिक टन फोहर लाने गरिएको छ ।

हरेक दिन उपत्यकाबाट निजी र कामपाका गरी दुई सय गाडी फोहर लगिने गरिएको छ । वर्षाको समय आएपछि बाटो पहिराले पुर्ने र खाल्टो पर्ने हुँदा लामो समयसम्म पनि फोहर उपत्यकामा नै रहने समस्या नौलो होइन ।

नुवाकोट जिल्लाको ककनी गाउँपालिका र धादिङ जिल्लाको धुनिबेंसी नगर क्षेत्रको फोहर पनि ल्याण्डफिल साइटमा ल्याइने गरेको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ६ : ५४ बजे

फिफाको विश्वकप निजी लगानी योजना रद्द, अझै पनि युएफाको निसानामा इन्फान्टिनो

पेरिस – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार विश्वकपमा निजी लगानीलाई

इटालीले गर्मीका कारण लगभग सबै शहरमा उच्चतम सतर्कता अपनाउने घोषणा

रोम – इटालीले सोमबारदेखि आफ्ना लगभग सबै प्रमुख शहरहरूलाई गर्मीको

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं – हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

रास्वपा बागलुङको सभापतिमा रायमाझी

गण्डकी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी

वीरगञ्जमा निषेधाज्ञा हट्यो

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको