सनले ४ गोल गरेको खेलमा टोटनहम विजयी « Khabarhub

सनले ४ गोल गरेको खेलमा टोटनहम विजयी


४ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इङलिस प्रिमियर लिगमा टोटनहमले साउथह्यामटनलाई पराजित गरेको छ। आइतबार बेलुका भएको खेलमा टोटनहमले साउथह्यामटनलाई उसकै घरेलु मैदानमा ५-२ गोल अन्तरले पराजित गरेको हो।

टोटनहमका लागि दक्षिण कोरियाली स्टाइकर सन ह्युग मिनले ह्याटि्रक सहित ४ गोल गरे भने कप्तान ह्यारी केनले१ गोल गरेका हुन्।

खेलमा साउथह्यामटनका लागि इङ्सले ३२ ‍औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए।

तर, टोटनहमका लागि सनले खेलको पहिलो हाफको इन्जुरी समयमा, ४७,६४ र ७३ मिनेटमा गरि चार गोल गरेका हुन्।
सनको चारवटै गोलमन कप्तान केनले गोलको अवसर सिर्जना गरेका हुन्।

यस्तै ह्यारी केनले ८२ औं मिनेटमा गोल गर्दै टीमलाई ५-१ को अवस्थामा पुर्याए। टोटनहमका खेलाडीले फाउल गरेपछि खेलको अन्तिम मिनेटमा साउथह्यामटनले पेनाल्टी अवसर पाएको थियो। उक्त पेनाल्टीलाई इङ्सले गोल गर्दै खेल ५-२ को अवस्थामा पुर्याएका थिए।

प्रिमियर लिगको नयाँ सिजनमा दुई खेलमा पहिलो जीत हात पारेको टोटनहमले ३ अंक जोडेको छ भने साउथह्यामटन लगातार दुई खेलमा पराजित भएको छ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ७ : १९ बजे

इरानी विदेशमन्त्री र हमास अधिकारीबीच भेटवार्ता

तेहरान– इरानका विदेश मन्त्री अब्बास अराघचीले प्यालेस्टिनी लडाकु समूह हमासका

जीडब्लुएम ओरा ५ ईभी नेपालमा सार्वजनिक, एक पटकको चार्जमा ५२० किमीसम्म चल्ने

काठमाडौं– ग्रेट वाल मोटर (जीडब्लुएम) अन्तर्गतको प्रिमियम विद्युतीय एसयूभी ओरा ५

जलाएको १० महिनापछि उभियो चुच्चेपाटीको भाटभटेनी (तस्बिरहरू)

काठमाडौं– चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केट पूर्ण रूपमा पुनर्निर्माण सम्पन्न भई आजदेखि

होर्मुज जलमार्ग बन्द हुँदा एक हजार भन्दा बढी मालवाहक जहाजहरू समुन्द्रमै अलपत्र

एजेन्सी– स्ट्रेट अफ होर्मुज जलमार्ग बन्द हुँदा एक हजार २००

पुल बनेपछि आवतजावत सहज

भजनी– कैलालीको टीकापुर नगरपालिका र बर्दियाको गेरुवा गाउँपालिका जोड्ने कर्णाली नदीमा