‘कोरोनाविरुद्ध अचम्मको लडाइँ लडेँ’ « Khabarhub

‘कोरोनाविरुद्ध अचम्मको लडाइँ लडेँ’


४ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- गत साउन ३१ गते धवलागिरि अस्पतालको आइसोलेसनमा भर्ना भएका जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गानालाई तेस्रो दिनको साँझपख ज्वरो आयो ।

रुघाखोकी, घाँटी दुख्ने, स्वाद थाहा नपाउने, खानामा अरुची, शरीर दुख्ने, काँप्नेजस्ता लक्षण पनि ज्वरोसँगै थपिए । भदौ १ देखि ३ गतेसम्म उनले कोरोनाका कडा लक्षणको सामना गर्नुपर्‍यो ।

“म कहाँ छु भन्नेसमेत मलाई पत्तो थिएन, घरमा छु की, अस्पतालमा छु की, या अर्कै संसारतिर छु भन्नेजस्तो सोच आउँथ्यो”, प्रमुख ढुङ्गानाले भने ।

शरीरको प्रतिरक्षा प्रणालीले जित्दै गएपछि भोलिपल्टै फेरि लक्षण एकसाथ हराएको उनले सुनाए । विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ्य मन्त्रालयले भने बमोजिमकै अवधिमा आफूलाई लक्षणसहित तीव्र सङ्क्रमण देखिएको प्रमुख ढुङ्गानाले बताए ।

“सङ्क्रमणको ७ देखि १० दिनसम्मको समय निर्मम हुँदोरहेछ, चारैतिरबाट आक्रमण गर्दोरहेछ, मत त अचम्मको लडाइँ लडेँ”, उनले भने । ३७ दिनको आइसोलेसन बसाइपछि निको भएर आइतबार घर फर्किएका प्रमुख ढुङ्गानाले जीवनसँगको लडाइँ जितेको उल्लेख गरे । उनले सचेत र सतर्क हुँदाहुँदै पनि कोरोनाले झुक्काएको बताए ।

जिल्लाबाहिर आफन्तकहाँ पुगेर फर्केपछि कन्ट्याक्ट ट्रेसिङका क्रममा प्रमुख ढुङ्गानामा कोरोना पुष्टि भएको थियो । उनले खाना खाने बेला आफूलाई सङ्क्रमण सरेको बताए ।

“बागलुङमा शुरुकै चरणमा कोरोना देखिएपछि ठूलो सन्त्रास थियो, गाडी चढ्दा पनि सिसा बन्द गरेर हिँड्नुपर्ने अवस्था थियो”, उनले भने, “म जति सजग त कोही छैन भन्ने लाग्थ्यो, तर मनै कोरोनासँग झुक्किएँ ।”

उनले जिल्लाका दशै स्थानीय तहका आइसोलेसन, क्वारेन्टिनको अनुगमन र व्यवस्थापकीय काममा आफूहरु खटेको स्मरण गरे । सङ्क्रमपछि होम आइसोलेसनमै बस्न सक्ने विकल्प भएपनि आफू अस्पतालमै गएको बताए ।

“होम आइसोलेसनमै बस्ने की भन्ने पनि थियो, साथीको पनि त्यस्तै सुझाव थियो”, प्रमुख ढुङ्गानाले भने, “तर, सर्वसाधारण नागरिक अस्पताल जाने म बाहिर बस्ने कुराले राम्रो सन्देश जाँदैन भन्ने लाग्यो, नागरिक बसेको ठाउँको मैले पनि अनुभूति गर्नुपर्छ भनेर पछि अस्पताल नै गएँ ।”

प्रमुख ढुङ्गानाले आइसोलेसन बसाइका पछिल्ला दिनहरु बढी पीडादायी भएको बताए। “निको त म २० दिन अघि नै भइसकेको थिएँ, तर नेगेटिभ रिपोर्ट नआउञ्जेलसम्म डिस्चार्ज गर्न नमिल्ने प्रदेश सरकारको प्रावधानलाई मानेर ३७ दिनसम्म आइसोलेसन बसेँ”, उनले भने ।

स्वास्थ्य मन्त्रालयले लक्षणविहीनलाई १४ दिनपछि आइसोलेसनबाट डिस्चार्ज गर्न मिल्ने मापदण्ड ल्याएपनि गण्डकी प्रदेशमा भने नेगेटिभ रिपोर्ट आएपछि मात्र सङ्क्रमितलाई घर पठाउने गरिन्छ । सातौँ पटकको जाँचका क्रममा बल्ल प्रमुख ढुङ्गानाको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो ।

मास्कको प्रयोग, साबुन पानीले नियमित हात धुने र दूरी कायम गर्दा कोरोना सङ्क्रमणबाट बच्न सकिने भन्दै आउँदा दिनमा नागरिकलाई स्वास्थ्य सुरक्षासम्बन्धी सचेतता जगाउन आफू लागिपर्ने उनको भनाइ छ ।

आइसोलेसनमा रहँदा प्रमुख ढुङ्गानालाई मधुमेह र ज्वरो नियन्त्रणका लागि केही औषधि चलाइएको धवलागिरि अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले बताए । “उहाँमा सुगरको समस्या देखिएकाले जटिल सङ्क्रमण हुनबाट रोक्न केही औषधि चलाउनुपर्‍यो”, उनले भने, “अहिले उहाँ पूर्ण रुपमा स्वस्थ हुनुहुन्छ ।”

प्रमुख चिकित्सक पोखरेलले उच्च मनोबल, धेर्यता र इच्चाशक्ति भएको व्यक्तिका रुपमा प्रमुख ढुङ्गानालाई चित्रित गरे ।

“चिकित्सकले भनेका सबै सल्लाहलाई उहाँले पालना गर्नुभयो, अस्पतालप्रति पनि उहाँको दृढ विश्वास झल्किन्थ्यो”, प्रमुख चिकित्सक पोखरेलले भने ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ७ : ४० बजे

मनसुनजन्य विपद् न्यूनीकरणमा समन्वय तीव्र : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद्को

मधेश प्रदेशसभा : बजेटलगायतका समस्या समाधान गर्न कार्यदल गठन

जनकपुरधाम– मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलगायतका विषयमा

नगर प्रहरी नदेखिएपछि न्युरोडको फुटपाथ फेरि अस्तव्यस्त (तस्बिरहरू)

काठमाडौं– केही दिनअघिसम्म काठमाडौं महानगरपालिकाका नगर प्रहरी नियमित रूपमा सडकमा

इरान–अमेरिका तनावबीच ओमान नजिक जहाजमा आक्रमण, १० भारतीयको उद्धार

मस्कट- इरान–अमेरिका तनावकाबीच ओमान नजिक व्यावसायिक जहाजमाथि भएको आक्रमणमा परेका

दुर्गा प्रसाईंको दाबी : वालेन्द्रको सरकार दशैँसम्म जाँदैन, टिकाएर देखाओ

काठमाडौं- ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक