अक्षयलाई निर्माता बनाएर निर्देशनमा फर्किदै छन् प्रियदर्शन « Khabarhub

अक्षयलाई निर्माता बनाएर निर्देशनमा फर्किदै छन् प्रियदर्शन


४ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शनको जोडीलाई ठूलो पर्दामा सुपरहिट मानिन्छ । हेरा फेरी, भागमभाग लगायतका सफल फिल्म निर्देशन गरिसकेका प्रियदर्शन, अक्षयसंग हमेसा हिट साबित भएका छन् ।

यसैबीच अक्षय र प्रियदर्शनले साथमा फेरि काम गर्ने चर्चा चुलिएको छ । यसबारेमा स्वयम् प्रियदर्शनले जानकारी दिएका छन् । तर यस पटकको चलचित्रमा अक्षयले अभिनय भने गर्ने छैनन् । उनी प्रियदर्शनको चलचित्रको निर्माता बन्ने छन् ।

प्रियदर्शनले अक्षयले निर्माण गर्ने चलचित्रका लागी कथा फाइनल भए पनि स्टारकाष्ट बाँकी रहेको बताएको छन् । उनले अक्षयले आफुलाई भरोसा गरी काम दिएकोले यस फिल्मको काम निकै सहज हुने बताएका छन् ।

पछिल्लो समय प्रियदर्शनले अक्षयसंग फिल्म खट्टा मीठामा काम गरेका थिए । यो फिल्मले खासै राम्रो सफलता भने पाएन । अक्षयको आगामी प्रोजेक्टको कुरा गर्ने हो भने बैल बटम र लक्ष्मी बम्ब रिलिज हुने तयारीमा छन् ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ८ : ४३ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि