संक्रमण दर अझै बढ्ने प्रक्षेपण « Khabarhub

संक्रमण दर अझै बढ्ने प्रक्षेपण


४ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको दर अझै बढ्न सक्ने अनुमान गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले संक्रमण दर अझै बढ्न सक्ने अनुमान गरी अस्पतालको क्षमता विस्तार लगायतको तयारी गरिरहेको पनि बताए ।

उनका अनुसार असोज १५ गतेसम्मका लागि कोरोना संक्रमितको उपचार खर्च थप १ अर्ब ५१ करोड रुपैयाँ लाग्ने आंकलन गरिएको छ ।

‘कोभिडको संक्रमण दर हेर्दा अझै बृद्धि हुने देखिन्छ । यही प्रक्षेपण अनुसार यसका लागतहरु, यसका प्रणालीहरु थप व्यवस्था गरेर जानका लागि बजेटहरुको व्यवस्था गरेर अगाडि बढेका छौं’ सचिव अर्यालले भने ।

उनका अनुसार प्रदेश अस्पतालहरुमा कोरोना संक्रमितको उपचार गर्न बेडको संख्या दुई सय पुर्‍याउन बजेटको व्यवस्था भइसकेको छ । ६४९ वटा स्थानीय तहमा न्युनतम ५ बेडको अस्पताल स्थापना गर्न र त्यसका लागि आवश्यक जनशक्ति पठाइसकिएको छ । संघीय अस्पतालहरुमा ५ सय बेड पुर्याउन लागिएको छ ।

यस्तै, आईसीयू बेडको संख्या पनि बढाउन लागि लागिएको छ । सबै अस्पतालमा गरी ५ हजारदेखि ६ हजार आईसीयू बेड थप्नको लागि बजेटको जोहो गरिसकेको सचिव अर्यालले जानकारी दिए ।

‘सुरुमा आईसीयू बेड १६ सय थियो । अहिले २६ सय स्ट्याण्डबाई छ, निजी क्षेत्रको बाहेक’ सचिव अर्याल भन्छन्, ‘टिचिङ अस्पताल, प्रहरीको अस्पताल, धुलिखेलको अस्पताल, अञ्चल अस्पतालहरु, संघ र जिल्ला अस्पतालहरुमा समेत गरी करिब ५ सय आईसीयू बेड थप्नको लागि बजेटको व्यवस्था गरिसकेका छौं । यसरी आईसीयू बेडको संख्या पनि ३१ सय पु¥याउन लागिएको छ ।’

संक्रमणको दर हेर्दा अझै आईसीयू बेड थप्नुपर्ने देखिएको उनले बताए ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ९ : ३० बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल