घरमै छन् यौन क्षमता बढाउने औषधी « Khabarhub

घरमै छन् यौन क्षमता बढाउने औषधी


४ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अधिकाशं मानिस आफ्नो यौन क्षमताबारे खुलेर कुरा गर्दैनन् । तथापी यौन शारीरिक आवश्यकता र चाहाना हो । त्यसैले यौन क्षमताका बिषयमा कुरा गर्न लाज मान्नु हुदैन ।

यौन क्षमता राम्रो नभए यसले मानिसको मानसिक र पारिवारिक जीवन खराब बन्नसक्छ । त्यसैले यौन क्षमता कम भएका मानिसहरु भियाग्रा लगायतका यौन क्षमता बढाउने औषधीको सेवन गर्दछन् ।

यस प्रकारका औषधीले भने प्राकृतीक रुपमा नभइ रासायनिक रुपमा क्षणिक अवधी मात्र यौन क्षमता वृद्धि गर्दछ । यसले कतिपय अवस्थामा स्वास्थ्यमा समेत असर पार्न सक्छ । त्यसैले प्राकृतीक रुपमा घरायशी खाद्य सामाग्रीको प्रयोगले नै यौन क्षमता बढाउन सकिन्छ । यसले कुनै साइड इफेक्ट समेत गर्दैन ।

१. लसुन
लसुनमा एलिसिन नामक रसायन पाइन्छ । जसले यौनाङ्गमा रक्तप्रवाह बढाउनुका साथै यौनेच्छा र यौन क्षमता बढाउने गर्दछ ।

२. बदाम
प्राकृतिक रुपमा नै प्रशस्त मात्रामा एल–आर्गिनाइन हुने बदाम पुरुषहरुको यौनक्षमता बढाउन उपयोगी मानिन्छ । यसको सेवनले यौन दुर्बलता हटाउन मद्दत गर्छ ।

३. चकलेट
डार्क (कालो) चकलेटमा यौनेच्छा जागृत र यौन सक्रियता पैदा गराउने रसाइन पाइन्छ । नियमित एउटा टुक्रा चकलेट खाने महिलाले सक्रिय यौन जीवन बिताउने गर्दछन् ।

४. खरबूजा
मानसिक तथा शारीरिक थकान हुदाँ यौन दुर्बलता हुने गर्दछ । खरबुजामा प्रशस्त मात्रामा एमिनो एसिड पाइन्छ । जसले यौनांगमा रक्तप्रवाहलाई बढाइ यौन क्षमता बढाउछ ।

५. एभोकाडो
एभेकाडोमा शक्तिको उत्पादनको लागि अत्यावश्कय फोलिक एसिड पाइन्छ । यसले मानिसको मुड र यौन क्षमता बढाउने गर्दछ ।

६. फर्सीको बियाँ
फर्सीको बियाँमा यौनेच्छा जागृत गराउने ओमेगा ३ पाइन्छ । यौन जीवनमा ओमेगा ३ आवश्यक मानिन्छ । त्यसैले फर्सीको बियाँको सेवनले महिलामा यौनक्षमता बढाउने गर्दछ ।

७. कुरिलो
कुरिलोमा प्रशस्त मात्रामा फोलेट पाइन्छ । भिटामीन बीको एउटा रुप फोलेटले शरीरमा हिस्टामिनको उत्पादनमा सहयोग गर्छ । सही मात्राको हिस्टामीन महिला तथा पुरुष दुवैमा स्वस्थ यौन क्षमता कायम राख्नको लागि आवश्यक हुन्छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  १२ : ५७ बजे

‘गाजामा बालबालिकालाई पढाइ सुनिश्चित गर्न सहयोग बढाऊँ’

एजेन्सी – संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले

मानसिक सन्तुलन गुमाएका युवकले गरे आफ्नै आमाको हत्या

भक्तपुर– मानसिक सन्तुलन गुमाएका मध्यपुरथिमि नगरपालिका–३ तेर्चाटारका २७ वर्षीय प्रवीण

गाजामा बालबालिकाको शिक्षा सुनिश्चित गर्न सहयोग बढाऊँ : संयुक्त राष्ट्र

संयुक्त राष्ट्र- संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले

काठमाडौं नगर पञ्चायतका पूर्वप्रधानपञ्च महर्जनको निधन

काठमाडौं– तत्कालीन काठमाडौँ नगर पञ्चायतका पूर्व प्रधानपञ्च रिनेन्द्रमान सिंह महर्जनको

‘पार्टीले आधिकारिकता पाइसक्यो, भिन्न मत राख्न जरुरी छैन’

काठमाडौं – नेपाली कांग्रेसले पार्टीभित्र एकता र सद्भाव कायम गर्दै