नयाँ पोशाकमा ललितपुरका नगरप्रहरी « Khabarhub

नयाँ पोशाकमा ललितपुरका नगरप्रहरी


४ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुर महानगरपालिका नगरप्रहरीको पोशाक परिवर्तन भएको छ । मंगलबारबाट उनीहरु टाई, पि–क्याप, बेल्डसहितको खाकी रङको कोट र प्यान्टमा देखिने छन् ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले सोमबार नगरप्रहरीलाई क्याप(टोपी) लगाइदिएर पोशाक सार्वजनिक गरेका हुन् ।

महानगरप्रमुख महर्जनले यो पोशाकमा नगरप्रहरी स्मार्ट देखिएको बताए । स्मार्ट देखिएका नगरप्रहरीले नगरलाई स्मार्ट बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने स्पष्ट पारे । उनले भने,‘ नगरलाई स्मार्ट बनाउन नगर प्रहरीको भूमिका र काम महत्वपूर्ण हुन्छ, त्यसैले हामीले राम्रो छवि भएका र काम गर्न सक्ने व्यक्ति सिताराम हाछेथुँलाई नगरप्रहरीको नेतृत्वगर्न ल्याएका हौं ।’

नेपालको संविधानमा स्थानीय तहले नगरप्रहरीको व्यवस्था गर्न पाउने अधिकार छ । उक्त व्यवस्था अनुसार नियुक्त गरिएका ७२ नगर प्रहरी ललितपुर महानगरपालिकामा कार्यरत छन् । उनले महानगरलाई स्मार्ट बनाउन स्मार्ट सडक बत्ती, खुल्ला स्थानको संरक्षण गर्दै पार्क निर्माणको काम भइरहेको बताए ।

ललितपुर महानगर नगर प्रहरी प्रमुख सिताराम हाछेथुँले नगरप्रहरीको पहिलाको पोशाक भद्दा भएकोले नयाँ पोशाक ल्याएको बताए । उनले यो पोशाकमा नगरप्रहरी स्मार्ट देखिएको दाबी गरे । नगरप्रहरी नगरवासीको साथी, सहयोगी भएको बताउँदै नगरप्रहरीले हातमा लठ्ठी नबोक्ने जानकारी दिए ।

नगरप्रहरीलाई स्मार्ट बनाउन ग्रोब्रो क्यामेरा, स्टिल क्यामेराको व्यवस्था गरेको उनले बताए । कार्यक्रममा उपप्रमुख गीता सत्याल, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, वडा नं १३ का वडा अध्यक्ष गणेश केसीको उपस्थिति थियो ।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  १ : ४९ बजे

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले