नयाँ पोशाकमा ललितपुरका नगरप्रहरी | Khabarhub Khabarhub

नयाँ पोशाकमा ललितपुरका नगरप्रहरी


४ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुर महानगरपालिका नगरप्रहरीको पोशाक परिवर्तन भएको छ । मंगलबारबाट उनीहरु टाई, पि–क्याप, बेल्डसहितको खाकी रङको कोट र प्यान्टमा देखिने छन् ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले सोमबार नगरप्रहरीलाई क्याप(टोपी) लगाइदिएर पोशाक सार्वजनिक गरेका हुन् ।

महानगरप्रमुख महर्जनले यो पोशाकमा नगरप्रहरी स्मार्ट देखिएको बताए । स्मार्ट देखिएका नगरप्रहरीले नगरलाई स्मार्ट बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने स्पष्ट पारे । उनले भने,‘ नगरलाई स्मार्ट बनाउन नगर प्रहरीको भूमिका र काम महत्वपूर्ण हुन्छ, त्यसैले हामीले राम्रो छवि भएका र काम गर्न सक्ने व्यक्ति सिताराम हाछेथुँलाई नगरप्रहरीको नेतृत्वगर्न ल्याएका हौं ।’

नेपालको संविधानमा स्थानीय तहले नगरप्रहरीको व्यवस्था गर्न पाउने अधिकार छ । उक्त व्यवस्था अनुसार नियुक्त गरिएका ७२ नगर प्रहरी ललितपुर महानगरपालिकामा कार्यरत छन् । उनले महानगरलाई स्मार्ट बनाउन स्मार्ट सडक बत्ती, खुल्ला स्थानको संरक्षण गर्दै पार्क निर्माणको काम भइरहेको बताए ।

ललितपुर महानगर नगर प्रहरी प्रमुख सिताराम हाछेथुँले नगरप्रहरीको पहिलाको पोशाक भद्दा भएकोले नयाँ पोशाक ल्याएको बताए । उनले यो पोशाकमा नगरप्रहरी स्मार्ट देखिएको दाबी गरे । नगरप्रहरी नगरवासीको साथी, सहयोगी भएको बताउँदै नगरप्रहरीले हातमा लठ्ठी नबोक्ने जानकारी दिए ।

नगरप्रहरीलाई स्मार्ट बनाउन ग्रोब्रो क्यामेरा, स्टिल क्यामेराको व्यवस्था गरेको उनले बताए । कार्यक्रममा उपप्रमुख गीता सत्याल, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, वडा नं १३ का वडा अध्यक्ष गणेश केसीको उपस्थिति थियो ।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  १ : ४९ बजे

आजका लागि तरकारी तथा फलफूलको मूल्य यस्तो छ

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

इजरायलको आक्रमण : गाजामा ७८ जना मारिए

गाजा – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा युद्धको लक्षण देखिएको

अस्ट्रेलिया र वेस्ट इन्डिज टेस्टमा बलर हाबी : एकै दिन १४ विकेट

ब्रिज टाउन – वेस्ट इन्डिज र अस्ट्रेलियाको पहिलो टेस्टमा बलर

विष्णुमतीले बगाएको कारबाट एक महिलाको उद्धार

काठमाडौं– काठमाडौंको विष्णुमती नदीले कारसहित बगाएकी एक महिलाको उद्धार गरिएको

जनकपुरमा आजदेखि मुख्यमन्त्री अन्तर–प्रदेश कबड्डी प्रतियोगिता

धनुषा– जनकपुरधाममा आजदेखि मुख्यमन्त्री अन्तर–प्रदेश कबड्डी प्रतियोगिता सुरु हुँदै छ