‘कोरोना संक्रमितको उपचार नगर्ने निर्णय संवेदनहीनताको पराकाष्ठा’  « Khabarhub

‘कोरोना संक्रमितको उपचार नगर्ने निर्णय संवेदनहीनताको पराकाष्ठा’ 


४ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मानव अधिकार तथा शान्ति समाजले पीसीआर परीक्षण तथा कोरोना संक्रमितको उपचार नगर्ने निर्णय तत्काल सच्याउन सरकारलाई आग्रह गरेको छ ।

समाजल आज विज्ञप्ति जारी गर्दै कोरोना संक्रमण विस्तार हुन नदिन आवश्यक प्रबन्धसहित कोरोना संक्रमितको उपचारबारेको निर्णय तत्काल सच्याउन आग्रह गरेको हो ।

पीसीआर परिक्षण तथा कोरोना संक्रमितको उपचारको प्रबन्ध नागरिक आफैले गर्नुपर्ने सरकारको निर्णय गैरजिम्मेवार एवं संवेदनहीनताको पराकाष्ठा भएको समाजले जनाएको छ ।

कोभिड–१९ संक्रमण नेपालमा भयावह हुँदै गइरहेको स्थितिमा पीसीआर परिक्षण निःशुल्क तवरमा व्यापक विस्तार गर्नुपर्ने, संक्रमणको चाप अनुसार समुचित उपचारको व्यवस्था गर्नुपर्ने समेत समाजले माग गरेको छ ।

महासचिव सुशिल बस्नेतद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नागरिकहरुको स्वास्थ्य उपचारप्रति उदासिन भएर कर्तव्यच्युत हुँदै जाँदा सरकार के को लागि भन्ने प्रश्न उब्जिएको छ ।’

कोरोना संक्रमितको मृत्यदरसमेत बढ्दै गएको यस गम्भीर परिस्थितीमा उपचारका लागि अत्यावश्यक आईसीयु, भेन्टिलेटरसहितका अस्पतालहरुको संख्या बृद्धि गर्नुपर्ने सरकारको प्रमुख दायित्व भएको विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  ११ : ०२ बजे

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने