चीन र ताइवानका कूटनीतिज्ञबीच कुटाकुट « Khabarhub

चीन र ताइवानका कूटनीतिज्ञबीच कुटाकुट


४ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीन र ताइवानका कूटनीतिज्ञबीच फिजीको राजधानीमा कुटाकुट भएको छ।

गत अक्टुबर ८ तारिखका दिन फिजीको राजधानीमा भएको एक कार्यक्रममा कूटनीतिज्ञहरुबीच कुटाकुट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

फिजीस्थित ताइवानी व्यापारिक कार्यालयले स्वतन्त्रता दिवस मनाउँदै गरेको कार्यक्रममा दुई जना चिनियाँ कुटनीतिज्ञ प्रवेश गरेर अनाधिकृत कार्य गरेको विषयमा कुटाकुट भएको जनाइएको छ ।

सो कार्यक्रममा दुईजना चिनियाँ कूटनीतिज्ञ पनि प्रवेश गरेर अनाधिकृत रुपमा कार्यक्रमको तस्वीर लिएको र त्यहाँका अतिथिबारे जानकारी दिएको ताइवानले आरोप लगाएको छ ।

तर, चीनले भने आफ्ना अधिकारीहरु एक सार्वजनिक स्थानमा रहेको बेला आक्रमण भएको बताएको छ। चीनले अनाधिकृत राष्ट्रिय झण्डा, केक बनाइएकोसमेत दाबी गरेको छ ।

ताइवानले पनि आफ्ना कूटनीतिज्ञ घाइते भएको र अस्पतालमा उपचार गराइएको जनाइएको छ।

केहीसमय यता ताइवान र चीनबीच तनाव बढिरहेको छ। चीनले सैन्य हस्तक्षेप गरेर भए पनि ताइवानमाथि कब्जा गर्ने धम्की दिँदै आएको छ।

 

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  १० : १५ बजे

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको