संक्रमण बढेपछि भारतको अहमदाबादमा कर्फ्यू « Khabarhub

संक्रमण बढेपछि भारतको अहमदाबादमा कर्फ्यू


५ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना संक्रमितको संख्या बढ्दै गएपछि भारतको अहमदाबादमा आज (शुक्रबार)देखि रातको समयमा कर्फ्यू घोषणा गरिएको छ ।

कोरोना संक्रमण बढ्दै गएपछि गुजरात सरकारले अहमदाबादमा रातको समयमा कर्फ्यू लगाउने निर्णय गरेको समाचार संस्था पिटिआईले जनाएको छ ।

राति ९ बजेदेखि बिहान ६ बजेसम्म हरेक रात कर्फ्यू आदेश जारी भए पनि यो कहिलेसम्म कायम छ भन्ने खुलाइएको छैन ।

यो समाचार तयार पार्दासम्म गुजरातमा ३ हजार ८३० जनाको संक्रमितको मृत्यु भएको छ । अहमदाबादमा मात्रै अहिलेसम्म ४६ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  ८ : ०६ बजे

एकीकृत स्वास्थ्य सूचनामा आम नागरिकको पहुँचमा जोड

काठमाडौं– नेपालमा छरिएर रहेका स्वास्थ्य सूचना तथा तथ्यांकहरुलाई एकीकृत गर्ने

कांग्रेस नेता हृदयराम थानीले आगामी चुनाव नलड्ने

काठमाडौं– नेपाली कांग्रेसका नेता हृदयराम थानीले आगामी फागुन २१ गते

पर्यटकीय गन्तव्य बन्दै रसुवा, छ महिनामा ३२ हजार बढीले गरे भ्रमण

रसुवा– हिमाली जिल्ला रसुवामा पछिल्लो छ महिनामा ३२ हजार ६७२

एसएमसमार्फत आपत्तिजनक सन्देश पठाउने भीएस प्रदायकलाई टेलिकमको चेतावनी

काठमाडौं– नेपाल टेलिकमको भ्यालु एडेड सर्भिसेस (भीएस) प्रणालीमार्फत मोबाइलमा आपत्तिजनक प्रकृतिका

लक्ष्यअनुसार भएन राजस्व संकलन, ६ महिनामा १८ प्रतिशत कम

काठमाडौं– चालु आर्थिक वर्षको ६ महिनामा सरकारले लक्ष्यअनुसारको राजस्व आम्दानी