भारतमा कोभ्याकको अन्तिम परीक्षण आज, हरियाणाका स्वास्थ्यमन्त्रीले पहिलो डोज लगाउने « Khabarhub

भारतमा कोभ्याकको अन्तिम परीक्षण आज, हरियाणाका स्वास्थ्यमन्त्रीले पहिलो डोज लगाउने


५ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतमा बनेको कोरोना भाइरसविरुद्धको खोप,’कोभ्याक’को आज अन्तिम चरणको परीक्षण हुँदैछ।

अन्तिम चरणको परीक्षणको सुरूवात हरियाणाका स्वास्थ्यमन्त्री अनिल विजले पहिलो डोज लगाउँदै प्रारम्भ गरिँदैछ ।

भारतीय जनता पार्टीका नेतासमेत रहेका ६७ वर्षीय विजले शुक्रबार अम्बालास्थित सिभिल अस्पतालमा ११ बजे परीक्षण खोप लगाउन लागेको ट्वीटरमार्फत जानकारी दिएका छन् ।

भारतको बायोटेक कम्पनीले इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर)को सहयोगमा कोरोनाविरुद्ध कोभ्याक्सिन बनाइरहेको छ ।

अघिल्लो साता खोपको पहिलो र दोस्रो चरण परीक्षण सफल भएको जनाएको बायोटेकले तेस्रो चरणको परीक्षणमा २६ हजार सहभागी हुने जनाएको छ ।

अन्तिम परीक्षण सफल भएमा सन् २०२१ को मार्चसम्म कोभ्याक बजारमा बजारमा आउने जनाइएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  १० : २० बजे

इनिशा हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै संयुक्त नागरिक पार्टीको

काठमाडौं– इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कडा कारबाहीको माग गर्दै

‘कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर’ भन्दै माइतीघरमा प्रदर्शन

काठमाडौं– भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक

स्वास्थ्य बीमाको सास्ती : अनुभवी मन्त्रीको प्रयासमा पनि फुकेन गाँठो

काठमाडौं- जेन-जी आन्दोलनपछिको विषम परिस्थिति सम्हाल्न गत भदौ २७ गते

नाइजेरियामा आत्मघाती आक्रमण : २३ जनाको मृत्यु, सयभन्दा बढी घाइते

एजेन्सी– उत्तरपूर्वी नाइजेरियामा भएको आत्मघाती आक्रमणमा २३ जनाको मृत्यु हुनुका

श्रीलंकामा इन्धन संकट, सरकारी कार्यालय बुधबार बन्द रहने

एजेन्सी– श्रीलंकाले देशमा देखिएको इन्धन अभाव व्यवस्थापन गर्न सरकारी क्षेत्रका