कोरोना भ्याक्सिन भोलि कतार आइपुग्ने « Khabarhub

कोरोना भ्याक्सिन भोलि कतार आइपुग्ने



दोहा : फाइजर र बायोनेटेक कम्पनीले निर्माण गरेको कोभिड–१९ विरुद्धको पहिलो खोप भोलि अर्थात सोमबार कतार आइपुग्ने भएको छ ।

कतारका प्रधानमन्त्री तथा आन्तरिक मन्त्री शेख खालिद बिन खलीफा बिन अब्दुलाजीज अल थानीले ट्वीट गर्दै खोप डिसेम्बर २१ मा कतारमा पुग्ने र स्वास्थ्य प्रोटोकल अनुसार सबैलाई प्रदान गरिने बताएका छन् ।

कतारका राजा अमीरको निर्देशन अनुसार कोभिड–१९ पहिलो भ्याक्सिन कतार आइपुग्ने लागेको हो । ‘महामारीका करण तहसनहस भएको जीवनलाई बिस्तारै सामान्य अवस्थामा फर्काउने र रोगको सामना गर्ने हाम्रो योजनाको सफलतामा हाम्रो गर्व व्यक्त गर्ने मार्गमा महत्वपूर्ण पाइला हो, हामी हाम्रो चिकित्सा टोली र यसमा संलग्न सबैलाई धन्यवाद दिन्छौँ,’ प्रधानमन्त्रीले ट्वीट गरेका छन् ।

कतारबाट प्रकाशित पेनिन्सुला पत्रिकाका अनुसार यसअघि एक साक्षात्कारमा स्वास्थ्य मन्त्रीका सल्लाहकार डा. अब्दुल-वहाब अल मुस्लेहले बुढाबुढी र दीर्घकालीन रोग लागेका तथा अग्रगामी श्रमिकहरूलाई प्राथमिकता दिइने बताएका थिए।

केही महिनापछि यो खोप सबैलाई उपलब्ध गराइनेछ । कतारले आप्रवासी नागरिकसहित अन्य सबैलाई कोभिड–१९ विरुद्धको भ्याक्सिन नि:शुल्क दिने घोषणा गरिसकेको छ ।

कतारमा कोरोना सङ्क्रमितको सङ्ख्य अहिलेसम्म १ लाख ४१ हजार ८५८ पुगेको छ । उपचारपछि निको हुनेको सङ्ख्या १ लाख ३९ हजार ५२१ पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या २४३ रहेको छ । अन्य मुलुकहरुको तुलनामा कतारमा मृत्युदर कम छ ।

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  ९ : ५२ बजे

साना नदीमा आकस्मिक बाढीको जोखिम

काठमाडौँ– आज देशका केही जिल्लाका साना नदी तथा खोलामा पानीको

उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट

दाङ– उच्च अदालत तुलसीपुरले आर्थिक वर्ष २०८२–८३ मा ७२५ वटा

महाकाली नदीमा फसेका युवकको उद्धार

महेन्द्रनगर– कञ्चनपुरको महाकाली नदीको टापुमा फसेका एक जना युवाको आज

पाण्डेको निधनबाट राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक अगुवा डा. देवेन्द्रराज

बढीले क्षतिग्रस्त रसुवागढी टिमुरे सुख्खा बन्दरगाह निर्माण अलपत्र (तस्बिरहरु)

रसुवा– एक वर्षअघि ल्हेन्दे खोलाको बाढीले ६ महिनासम्म प्रभावित रसुवा