हानिकारक क्याल्सियम कार्वाइड रसायनको प्रयोग गरिएका फलफूल कसरी चिन्ने ? « Khabarhub

हानिकारक क्याल्सियम कार्वाइड रसायनको प्रयोग गरिएका फलफूल कसरी चिन्ने ?


७ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्याल्सियम कार्वाइड रसायनबाट उत्पन्न हुने एसिटिलिन ग्याँस स्टील धातु वेल्डिङ गर्न प्रयोग गरिन्छ । यो ग्याँसले मानिसमा क्यान्सर उत्पन्न गराउन सक्छ । कतिपय व्यापारीहरुले फलफूललाई छिटो पकाउन क्याल्सियम कार्वाइड रसायनको प्रयोग गर्ने गर्छन् ।

यदि यो रसायन राखेर पकाइएका फलफूल खानुभयो भने ती फलफूलले स्वास्थ्यलाई असर पुर्‍याउन सक्छ । हुन त फलफूल स्वास्थ्यका लागि लाभदायीक खानेकुरा हो । तर क्याल्सियम कार्वाइड रसायन राखेर पकाइने फलफूलले स्वास्थ्यलाई असर पुर्‍याउँछ ।

विशेषगरी केरा, आँप, मेवा आदिलाई छिटो पकाउन व्यापारीहरुले यो रसायन प्रयोग गर्न सक्छन् । यदि यो रसायन राखेर फलफूल पकाइएको रहेछ भने स्वास्थ्यमा दीर्घकालीन र तत्कालीन असरहरु देखिन सक्छ ।

क्याल्सियम कार्वाइड रसायन प्रयोग भएको फलको असर यस्तो छ

–मुखमा अल्सर हुन सक्ने,

– आमाशय पोल्ने,

–चिडचिडापन हुने,

–पेट दुख्ने,

– झाडा पखाला लाग्ने,

–टाउँको दुख्ने,

– रिङ्गटा लाग्ने,

–निद्रा लागिरहने,

–मानसिक समस्या हुनक्ने ।

कसरी रहने सचेत ?

–उपभोग भन्दा अगावै फललाई राम्ररी धोइपखाली गर्ने, सकेसम्म बगिरहेको पानीले केही समय सम्म पखाल्ने । यस्तो गर्दा फलफुलमा हुने हानिकारक रसायनहरु भएमा पखालिएर जान्छ ।

–आफ्नो प्राकृतिक समय भन्दा फरक समयमा पाकेका देखिने बजारमा विक्रीका लागि राखिएका फलहरु भरसक उपभोग नगर्ने । समय अगावै बजारमा पाकेका फलफूल आएमा त्यसमा क्याल्सियम कार्वाइडको प्रयोग गरिएको हुनसक्छ । त्यसैले मौसमी फलफूल मात्र खाने ।

–आँप, मेवा जस्ता फलहरु सिधै सिङ्गै खानु हुँदैन । त्यसलाई ताछेर, काटेर टुक्रा पारेर खानु उपयुक्त हुन्छ ।

–बाहिर आकर्षक देखिनेगरी सबैतिर राम्रोसँग पाकेको फलफूलमा क्याल्सियम कार्वाइड राखिएको हुनसक्ने भएकाले त्यस्तो फलफूल नखाने ।

–फलको बाहिरी भाग बोक्रा तथा भेट्नामा काला दागहरु तथा धब्बाहरु छन् भने त्यसमा क्याल्सियम कार्वाइड प्रयोग गरिएको हुनसक्छ । त्यसैले कालो दाग तथा धब्बा देखिएको फलफूल नखाने ।

– फलको बोक्रा वा भेट्नामा सेतो, खैरो, धुलो देखिएमा यसमा पनि कृतिम रसायन राखेको हुनसक्छ । त्यसैले फलफूल किन्दा यस्तो कुरामा बिचार गर्नुपर्छ ।

–पाकेका फलफूलको प्राकृतिक बास्ना बाहेक अन्य बाहिरी अस्वभाविक गन्ध वा स्वाद आएमा त्यसमा क्याल्सियम कार्वाइड प्रयोग गरिएको हुनसक्छ । त्यस्तो फलफूल पनि खानु हुँदैन ।

प्रकाशित मिति : ७ माघ २०७६, मंगलबार  ६ : ०६ बजे

स्काउटका नयाँ हर्ताकर्ता थापा : पार्टी फेर्दै नियुक्ति लिँदै, लागेको थियो भिजिट भिसा दुरुपयोगको गम्भीर आरोप

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नेपाल स्काउटको

अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा उत्पादन हुने अर्ग्यानिक बस्तुको प्रवर्द्धनमा

बीमा र धितोपत्र कसूरका फरार प्रतिवादी मृगेन्द्रनाथ रिमाल पक्राउ

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बीमा ऐन,

सेवाग्राहीसँग घुस लिँदै गरेका कर अधिकृत पक्राउ

जनकपुरधाम– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक

संक्रमणकालीन न्यायसम्बन्धी आयोग पारदर्शी रूपमा गठन गर्न द्वन्द्वपीडितको माग

काठमाडौं– विश्वसनीय र पारदर्शी प्रक्रियाद्वारा संक्रमणकालिन न्यायसँगसम्बन्धी आयोगहरू गठन गर्नुपर्ने