पश्चिमी वायुको प्रभावः केही ठाउँमा वर्षासँगै हिमपात हुने, तराईमा हुस्सु र कुहिरो « Khabarhub

पश्चिमी वायुको प्रभावः केही ठाउँमा वर्षासँगै हिमपात हुने, तराईमा हुस्सु र कुहिरो


७ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जल तथा मैसम पूर्वानुमान महाशाखाले नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको  जनाएको छ।

देशको पश्चिमी भू-भागमा सामान्य बदली रहेको र अन्य भू-भागमा आंशिक बदली रहेको महाशाखाले जनाएको हो ।

महाशाखाले मंगलबार विहान जारी गरेको मौसम सम्बन्धी जानकारी अनुसार आज पश्चिमी वायुको प्रभावले मुलुकको पश्चिमी क्षेत्रका केही ठाउँमा सामान्य वर्षा हुने र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जानकारी दिएको हो । त्यसैगरी तराईमा हुस्सु र कुहिरो रहने जनाएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ ७ गते (मंगलबार)

दिउँसो : देशका अधिकांश भू-भागमा सामान्य बदली रहनेछ। पश्चिमी भेगका एक/दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। मध्य र पश्चिमी उच्च हिमाली भेगमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

रातिः देशका अधिकांश भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ।

माघ ८ गते (बुधबार)

दिउँसो : मौसम सामान्यतया सफा रहनेछ। तराईका भू-भागमा हुस्सु/कुहिरो रहनेछ।

रातिः मौसम सामान्यतया सफा रहनेछ। तराईका भू-भागमा हुस्सु/कुहिरो रहनेछ।

माघ ९ गते (बिहिबार)

दिउँसो : मौसम सामान्यतया सफा रहनेछ। तराईका भू-भागमा हुस्सु/कुहिरो रहनेछ।

रातिः देशको पूर्वी भूभागमा आंसिक देखि सामान्य बदली रहनेछ बाँकि स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

उच्च हिमाली भेगका हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको साथै देशका अधिकांश भू-भागमा सामान्य बदली रहने भएकोले चिसोबाट बच्नु हुन सर्वसाधारणमा महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति : ७ माघ २०७६, मंगलबार  ६ : ५३ बजे

कास्कीको मिजुरेडाँडा आसपासमा भूकम्पको धक्का

काठमाडौँ– कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ

फेवातालको मापदण्ड र संरचना भत्काइएकोप्रति कर्ण शाक्यको आपत्ति

पोखरा- पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरास्थित वाटरफ्रन्ट होटलको पर्खाल पूर्वसूचनाबिना

लुम्बिनी प्रदेशसभा बैठक बस्दै

दाङ– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत पाँचौँ बैठक आज बस्दैछ ।

वीरगञ्ज नाकाबाट सात महिनामा चार सय ९७ विद्युतीय गाडी भित्रियो

पर्सा– वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा एक

‘नौ मुठ्ठे’ गाई जोगाउन प्रधानमन्त्री बालेनसँग सांसदको माग

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित कैलाली क्षेत्र