प्रयोगात्मक परीक्षाको अङ्क दिन बन्यो मापदण्ड « Khabarhub

प्रयोगात्मक परीक्षाको अङ्क दिन बन्यो मापदण्ड


७ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विद्यार्थीको प्रयोगात्मक परीक्षामा शिक्षकले आफूखुसी नम्बर दिने क्रम अब रोकिने भएको छ । किनकी अब मापदण्डका आधारमा मात्र विद्यार्थीले नम्बर पाउने भएका छन् ।

राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले स्वीकृत गरेको विद्यालय तहको पाठ्यक्रममा प्रयोगात्मक अङ्कका लागि मापदण्ड निर्धारण गरिएपछि सो व्यवस्था भएको हो।

शिक्षकले मापदण्ड अनुरूप अङ्क प्रदान गर्ने भएपछि हालको जस्तो वार्षिक परीक्षामा सैद्धान्तिकमा ‘ई’ ग्रेड ल्याएका परीक्षार्थीको प्रयोगात्मकमा ‘ए प्लस’ प्राप्त हुने प्रवृत्ति स्वतः हट्ने छ।

पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक डा. लेखनाथ पौडेलका अनुसार शिक्षकले प्रयोगात्मक परीक्षामा जथाभावी अङ्क दिन पाउने छैनन्। वास्तविक प्रयोगात्मकका आधारमा विद्यार्थीले अङ्क पाउने उनले बताए ।

स्वीकृत पाठ्यक्रमअनुसार कक्षा १–३ मा विद्यार्थीको कक्षा सहभागिता, कार्य गरे नगरेको मूल्याङ्कन गर्ने, हरेक पाठ पढिसकेपछि परीक्षा लिने र त्यसमा शिक्षक तथा अभिभावकको हस्ताक्षर गराउने, विद्यार्थीको सिकाइ उपलब्धि हेर्ने लगायतका मापदण्ड तोकिएको छ।

सो तहमा सामान्यभन्दा कम, सामान्य, प्रवीण र उच्च गरी चार तहमा मूल्याङ्कन विधि प्रयोगमा ल्याइने छ। हरेक पाठपछि लिइने परीक्षामा सामान्यभन्दा कम र सामान्य श्रेणी ल्याउने विद्यार्थीको सिकाइलाई प्रवीण वा उच्च पुर्‍याउने गरी सुधार गर्नुपर्ने प्रावधान नयाँ पाठ्यक्रममा गरिएको छ। कक्षा १ देखि ३ सम्म वार्षिक परीक्षा हुने छैन।

कक्षा ४ देखि ८ मा ५० प्रतिशत मूल्याङ्कन लिखित परीक्षाबाट र बाँकी ५० प्रतिशत मूल्याङ्कन प्रयोगात्मक हुनेछ। विगतमा कक्षा ४ र ५ मा ५०–५० प्रतिशत रहे पनि कक्षा ६–८ मा ६० प्रतिशत अन्तिम परीक्षा र ४० प्रतिशत आन्तरिक मूल्याङ्कन गरिन्थ्यो।

कक्षा ४–८ का विद्यार्थीले आन्तरिक ५० प्रतिशत मूल्याङ्कनका लागि परियोजना कार्य, इन्टरनेट तथा सञ्चार माध्यमबाट पाठ खोजी, सिकाइ उपलब्धि, कक्षा सहभागिता लगायतलाई मापदण्ड निर्धारण गरिएको छ।

कक्षा ११–१२ मा प्रयोगात्मक परीक्षामा परियोजनाबाट १२ अङ्क, प्रयोगबाट चार अङ्क, त्रैमासिक परीक्षाबाट छ अङ्क र कक्षा सहभागिताबाट तीन अङ्क गरी २५ अङ्क प्राप्त गर्नेछन्। परियोजना र प्रयोग अन्तर्गत लघु शोध, सूचना प्रविधिको प्रयोग, सामुदायिक कार्य, नेतृत्व विकास लगायतका कार्य गर्नुपर्ने हुन्छ।

उनले कक्षा ९–१० मा पनि कक्षा ११–१२ कै मूल्याङ्कन विधिलाई अवलम्बन गरिने बताए ।

हालसम्म प्रयोगात्मक मूल्याङ्कनको अङ्क सम्बन्धित शिक्षकले नै दिने प्रचलन छ। प्रवेशिका परीक्षा तथा कक्षा ११ र १२ को वार्षिक परीक्षाको
नतिजा अध्ययन गर्ने हो भने शिक्षकहरूले कमजोर वा अब्बल विद्यार्थी सबैलाई प्रायः एकैखाले अङ्क प्रदान गर्ने गरेको पाइन्छ।

सैद्धान्तिकमा निकै कमजोर रहेका विद्यार्थीले प्रयोगात्मकमा पूर्ण अङ्क पाउँदै आएका छन्। हाल कक्षा १० मा अनिवार्य विषयको गणित बाहेकमा प्रयोगात्मक परीक्षा सञ्चालन गरिन्छ। हरेक विषयमा ७५ प्रतिशत सैद्धान्तिक र २५ प्रतिशत प्रयोगात्मक परीक्षाका लागि छुट्याइएको छ।

प्रकाशित मिति : ७ माघ २०७६, मंगलबार  ७ : ५५ बजे

‘प्रधानमन्त्री कप’ गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट बिहीबारदेखि

कास्की – ‘प्रधानमन्त्री कप’ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय

‘गलत निशाना’ का कारण इरानी विद्यालयमा क्षेप्यास्त्रले लागेको अमेरिकाको स्पष्टीकरण

वासिङ्टन – इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी – सुनसरीको कोसी गाउँपालिका–४ मा आज सवारी दुर्घटना हुँदा

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौं – साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

हिमालयन ह्वाइटवाटर च्यालेन्जको दोस्रो दिन जे देखियो (तस्बिरहरू)

चितवन । त्रिशूली नदीमा जारी २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६