फिल्म रिलिज नहुँदै चर्चामा निकिता, चल्ला त फिल्म? « Khabarhub

फिल्म रिलिज नहुँदै चर्चामा निकिता, चल्ला त फिल्म?


७ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वमिस नेपाल निकिता चाण्डक पछिल्लो समय मिडियामा छाएकी छिन् । उनको डेब्यु फिल्म ‘साङ्लो’ यही २४ गतेबाट प्रदर्शन हुँदैछ ।

फिल्ममा विराज भट्ट र निकिता चाण्डकको शीर्ष भूमिका देख्न सकिनेछ । फिल्मको रिलिज मिति नजिकिँदै गर्दा यसको प्रचारमा पनि कलाकार लागिपरेका छन् ।

प्रचारका क्रममा विराज र निकिता कैयन् महोत्सव र कार्यक्रममा पुगेका छन् । निकितालाई यतिबेला भ्याइनभ्याइ छ । फिल्म रिलिजपूर्व निकिताले राम्रो चर्चा कमाएकी छिन् ।

त्यसो त निकिताले कस्तो अभिनय गरेकी छिन्, त्यसका आधारमा उनको थप तारिफ हुने पक्का छ । यसअघि सार्वजनिक भएका गीत र ट्रेलरले पनि दर्शकको ध्यान खिचेका छन् । डेब्यु फिल्मबाटै निकिताले जुन चर्चा पाएकी छिन्, यस्तो चर्चा कमै अभिनेत्रीले पाउने गरेका छन् ।

निकिता स्वयम् पनि यो फिल्मभन्दा राम्रो डेब्यु अरु हुन नसक्ने बताउँछिन् । फिल्ममा उनको काम कस्तो छ त्यो भने हेर्न बाँकी छ । फिल्मको चर्चा त दर्शकलाई विश्वास दिलाउने एउटा आधार मात्र हो । फिल्म चल्नलाई आखिरमा फिल्म नै राम्रो हुनुपर्छ ।

अहिलेलाई यति आशा गर्न सकिन्छ, ‘साङ्लो’ ले दर्शक पायो भने यसको कारण एक्सन स्टार विराज भट्ट मात्र नभएर निकिताको पनि उत्तिकै भूमिका हुनेछ ।

प्रकाशित मिति : ७ माघ २०७६, मंगलबार  ११ : ३८ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा