कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने, सापकोटा निर्विरोध निर्वाचित हुने सम्भावना « Khabarhub

कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने, सापकोटा निर्विरोध निर्वाचित हुने सम्भावना


७ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको भावी सभामुख पदका लागि उम्मेदवारी नदिने भएको छ ।

मंगलबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको हो ।

प्रतिनिधिसभामा स्पष्ट बहुमत रहेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । संघीय संसद सचिवालयले जारी गरेको निर्वाचन कार्यतालिकाअनुसार सापकोटाले मंगलबार बिहान सभामुखका लागि उम्मेदवारी समेत दर्ता गरिसकेका छन् ।

सभामुखका लागि नेकपाका उम्मेदवार सापकोटालाई संघीय संसदको चौठो ठूलो दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले समेत समर्थन गरेको छ ।

राजपकाको समर्थनसँगै सभामुख निर्वाचनका लागि नेकपा उम्मेदवार सापकोटाको पक्षमा दुई तिहाइ बहुमत जुटेको छ । यद्यपि, नेकपा सांसद सापकोटा निर्विरोध निर्वाचित हुने संभावना पनि छ ।

प्रतिनिधिसभाको दोस्रो ठूलो दल कांग्रेसले उम्मेदवार नउठाउने निर्णय गरेपछि सापकोटा निर्विरोध निर्वाचित हुने संभावना बढेको हो ।

संघीय संसद सचिवालयले जारी गरेको निर्वाचन कार्यतालिकाअनुसार मंगलबार दिउँसो २ बजेसम्म मात्रै सभामुख पदका लागि उम्मेदवारी दर्ता गर्न सकिने छ ।

सचिवालयले मंगलबार दिउँसो साढे २ बजे नै सभामुखको उम्मेदवारको अन्तिम सूची प्रकाशन गर्ने छ ।

प्रतिनिधिसभाको माघ १२ गते बस्ने बैठकमा सभामुख निर्वाचनका लागि उम्मेदवारहरुको प्रस्ताव निर्णयार्थ पेश गरिने छ ।

एउटा मात्रै उम्मेदावरी परेका हकमा भने निर्विरोध निर्वाचित भएको घोषणा गरिने छ ।

प्रकाशित मिति : ७ माघ २०७६, मंगलबार  १२ : १५ बजे

७ अंक बढीले घट्यो नेप्से, १४ दिनदेखि दैनिक ५ अर्ब मुनिको कारोबार

काठमाडौं– साताको अन्तिम कारोबारको दिन शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

एमालेको अभियान उद्घाटन गर्न अध्यक्ष ओली झापा जाँदै

काठमाडौं- प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

रोल्पा पहिरो : हराएकाको खोजी जारी

रोल्पा– जिल्लाको सुनछहरि गाँउपालिका वडा नं २ स्थित मङरारु गाउँमा

सानेपातिर देखाउँदै दुर्लभको आक्रोश : देउवाको नेतृत्वमा नगए तपाईंहरूको हालत के होला ?

काठमाडौं- नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले १५औँ महाधिवेशनमा शेरबहादुर

भारतमा हुने एसीसी प्रिमियर कपबारे सन्दिपले भने- विगतका गल्ती-कमजोरी सच्याएर अघि बढ्छौँ

काठमाडौं– मलेसियामा हुने एसीसी प्रिमियर कपको तयारीका लागि भारत जाने