राजकुमारी एस्ट्रिडलाई मन्त्री भट्टराईद्वारा स्वागत « Khabarhub

राजकुमारी एस्ट्रिडलाई मन्त्री भट्टराईद्वारा स्वागत


७ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सात दिने नेपाल भ्रमणमा आएकी बेल्जियमका राजकुमारी एस्ट्रिडले आज भक्तपुर दरबार स्क्वायर टौमढी स्क्वायरका पुरातात्विक महत्वका सम्पदाहरुको स्थलगत अवलोकन गरेकी छिन् ।

राजकुमारी एस्ट्रिडलाई खौमास्थित दरबार क्षेत्र प्रवेशद्वारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पुष्पगुच्छा, नेपाली थैली र ढाकाको शल लगाई स्वागत गरेका थिए ।

राजकुमारीका साथ आएको टोलीलाई मन्त्री भट्टराईले स्वागत गर्दै नेपाल पर्यटन वर्ष र भक्तपुर एवं नेपालको पर्यटकीय सम्पदाबारे जानकारी गराएका थिए ।

त्यस्तै सांस्कृतिक नगर भक्तपुरमा स्वागत गर्दै नगरप्रमुख प्रजापतिले भक्तपुरको कला, संस्कृति र सम्पदा संरक्षण तथा जीर्णोद्धार भक्तपुर नगरपालिकाले गरिरहेको बताए ।

भ्रमणका क्रममा प्रतिनिधिमण्डलले भक्तपुर दरबार स्क्वायरस्थित तलेजु मन्दिर परिसर, पचपन्नझ्याले दरबार, सिद्धिलक्ष्मी मन्दिर, वत्सला मन्दिर तथा टौमढी क्षेत्रस्थित पाँचतल्ले मन्दिर र भैरबनाथ मन्दिरलगायत पुरातात्विक तथा ऐतिहासिक स्थानहरुको अवलोकन गरेकी थिइन् ।

सो क्रममा राजकुमारी एस्ट्रिडले भक्तपुरको टौमढीमा प्रसिद्ध देवीनाच र लायकु क्षेत्रमा लाखेनाच अवलोकन गरेकी थिइन ।

प्रतिनिधिमण्डलमा बेल्जियमका राजकुमार लोरेन्ज, नेपालका लागि बेल्जियमका राजदूत एवं सल्लाहकार जान माथिसेन, सञ्चार तथा कोष वृद्धि प्रमुख इल्से इरिगर्स, निजी सचिव जिन यिभ्स बर्लिमोन्ट, डेमियन फाउन्डेशनका डा जिन पिरेरे बारोन स्किनकेलर्स, बेल्जियमका लागि नेपाली राजदूत आङ्ग छेरिङ शेर्पा, डा सुशील कोइराला, मेडिकल अधिकृत डा प्रमोदराज भट्टराई लगायत रहेका छन् ।

उक्त टोलीलाई भक्तपुर नगरपालिकाका प्रशासकीय अधिकृत दामोदर सुवालले सांस्कृतिक तथा ऐतिहासिक महत्वका सम्पदाबारे संक्षेपमा जानकारी गराएका थिए ।

प्रकाशित मिति : ७ माघ २०७६, मंगलबार  ६ : ३८ बजे

नेपालको चौथो विकेट पतन, १० बलमा चार रन जोडेका डा. पाण्डे आउट

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपालले चौथो विकेट

स्वर्णिम वाग्ले भन्छन् – करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुहोस्

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदातालाई त्रसित बनाएर होइन, सेवा र

‘नेपालको राजनीतिबाट तर्क र विवेक हरायो, संसद् नै अहंकार र गाली गर्ने थलो बन्यो’

काठमाडौं- नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मुलुकको राजनीतिमा

नेपालका स्थानीय उत्पादन संरक्षण गर्न कानुन ल्याइन्छ : मन्त्री यादव

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवसँग खाद्य तथा कृषि

नेपालले गुमायो तेस्रो विकेट, कप्तान रोहित पौडेल पनि सस्तैमा आउट

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपालले तेस्रो विकेट