वालेन्द्र लक्षित देउवाको आक्रोश : राजा ज्ञानेन्द्रले त सकेनन्, अरूले सक्छ यहाँ ?
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा चुनदेवीस्थित निवासमा भित्रिएका छन्। उनलाई संस्थापन इतरका सयौँ नेता(कार्यकर्ताले र्यालीसहित निवासमा प्रवेश गराएका हुन्।
चुनदेवीस्थित निवासमा पुगेपछि पूर्वप्रधानमन्त्री देउवाले वर्तमान वालेन्द्र शाह नेतृत्वको सरकारप्रति आक्रोश पोखेका छन्।
अदालतलदेखि अन्तर्राष्ट्रिय संस्थालेसमेत पक्राउ गर्ने र मुद्दा चलाउने आधार नभएको भन्दा भन्दै वर्तमान सरकारले आफूविरूद्ध बदमासी गरिरहेको उनले बताएका छन्।

‘राजा ज्ञानेन्द्रले त सकेनन् अरुले सक्छ् यहाँ ? संविधान सभाको पहिलो बैठकले नेपालमा गणतन्त्र ल्याएको हो’, कड्किँदै देउवाले भने, ‘हामीले ल्याएको गणतन्त्रमा अहिलेको सरकारले बदमासी गर्दैछ। अन्तर्राष्ट्रिय संस्थाले पक्राउ गर्न मिल्दैन भनिसकेको छ। यहाँको अदालतले पनि नपक्रिनु भनेको छ तर अझै बदमासी गरिएको छ।’
उनले अहिलेको सरकारको बदमासीविरुद्ध अदालत र नेपाली जनता उभिने पनि बताए । ‘यो देशमा जनता छन्, अदालत छ । हामीविरुद्ध बदमासी गर्नेलाई भोलि देखाउँछौँ’, उनले भने, ‘अहिले पनि अरू मुद्दा लगाएको छ रे १ अदालतले मुद्दा नलगाउनु भन्दा पनि बलजफ्ती गरिएको छ, मुद्दा लगाएको छ । बदमासी गरेको छ। हामी यसको जवाफ भोलि दिनेछौँ ।’
गगनप्रति नरम देखिएका देउवाको वक्तव्यका ७ सन्देश
स्वदेशमा उत्रिएपछि देउवाले भने, ‘शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ’
कृष्ण सिटौलाको तर्क : कांग्रेसको सभापति देउवा नै हुन्, हाम्रो पार्टी फुटेको छैन
शशांक भन्छन्– ‘हाम्रो सभापति देउवा नै हो, पार्टी एकताबद्ध हुन्छ’
शेरबहादुरकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुन्छ : प्रकाशशरण महत
पाँच महिनापछि काठमाडौंमा उत्रिए देउवा
श्रीमतीसहित विदेश गएका देउवा एक्लै नेपाल फर्किए
‘सनरूफ’बाट हात हल्लाउँदै देउवा (तस्बिहरू)
शेरबहादुरकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुन्छ : प्रकाशशरण महत
‘दुईदिने बिदाले आन्तरिक पर्यटन प्रवर्द्धन र अर्थतन्त्र चलायमान भयो, पुनरावलोकन हुँदैन’
सरकारले दुई दिनको सार्वजनिक बिदालाई पुनरावलोकन गर्ने कुनै तयारी नभएको स्पष्ट पारेको छ ।
बिहीबार राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित सांसदहरूको प्रश्नको जवाफ दिँदै न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले दुई दिनको सार्वजनिक बिदालाई पुनरावलोकन गर्ने कुनै पनि निर्णय वा तयारी नभएको स्पष्ट पारेकी हुन् ।
सातामा दुई दिनको बिदाले सार्वजनिक प्रशासनलाई परिणाममुखी बनाउन, ऊर्जा ९विद्युत्, सवारी इन्धन० तथा प्रशासनिक खर्चमा मितव्ययिता कायम गर्न सहयोग पुगेको उनले बताइन् ।

साथै उनले कर्मचारी तथा श्रमिकको कार्यजीवन सन्तुलन अभिवृद्धि हुनुका साथै मनोबल, कार्यकुशलता र उत्पादकत्वमा सकारात्मक प्रभाव परेको दाबी गरिन् ।
दुई दिनको बिदाका कारण छोटो अवधिको भ्रमण बढेर आन्तरिक पर्यटन प्रवर्धन हुनुका साथै स्थानीय अर्थतन्त्र र आर्थिक गतिविधि चलायमान बनाउन मद्दत पुगेको उनले बताइन् ।
बैठकमा राष्ट्रियसभा सदस्य विष्णु बहादुर विश्वकर्माले सातामा दुई दिन सार्वजनिक बिदा दिइनुले के कति फाइदा वा नोक्सान भएको छ भन्दै प्रश्न गरेका थिए ।
राष्ट्रियसभा : खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह
राष्ट्रियसभा : खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह
सिंहदरबारमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बिक्री कक्ष उद्घाटन (तस्बिरहरू)
जगन्नाथ थपलियाले भने– स्वास्थ्यमा सुधार हुँदैछ, तत्काल राजनीतिक गतिविधिमा सक्रिय हुन सक्दिनँ
कूटनीतिमा युवा अनुसन्धानकर्ताको भूमिका महत्त्वपूर्ण छ: परराष्ट्रमन्त्री खनाल
‘युवा पुस्ताले चाहेको परिवर्तन प्रविधि, उद्यमशीलता र अवसर हो’
४० वर्षदेखिको उद्योग बक्यौता उठ्न थाल्यो, ५१ करोडभन्दा बढी असुल
वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई हिरासतमा राख्न तीन दिनको अनुमति
गोपनीयताको हकविरुद्धको अभियोग लगाएर पक्राउ गरिएका पत्रकार किशोर श्रेष्ठलाई अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंले तीन दिनको म्याद थपेको छ।
बुधबार मध्यराति ललितपुरबाट पक्राउ गरिएका उनलाई अनुसन्धानका लागि तीन दिनको म्याद थपको अनुमति जिल्ला अदालत काठमाडौंका न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले दिएको हो ।

बिहीबार दिउँसोदेखि अपराह्नसम्म भएको बहसपछि न्यायाधीश लुइँटेलले अनुसन्धानका लागि तीन दिन थुनामा पठाउन आदेश दिएका हुन् ।
प्रहरीले श्रेष्ठलाई बिहीबार अपरान्ह ४ बजेपछि मात्रै म्याद थपका लागि सरकारी वकिलको कार्यालय हुँदै अदालतमा उपस्थित गराएको थियो ।
पत्रकार श्रेष्ठ पक्राउबारे राप्रपाको ध्यानाकर्षण: ‘समाचारकै आधारमा पक्राउ गर्नु उपयुक्त भएन’
किशोर श्रेष्ठको गिरफ्तारीमा विश्व प्रेस काउन्सिलको आपत्ति, तत्काल रिहा गर्न माग
कोशी प्रदेशसभाको बैठक भदौ ३ गते बस्ने
हुलाकमार्फत करिब १० हजार नागरिकले पाए घरदैलोमै सेवा
किशोर श्रेष्ठ पक्राउ र जनआस्थामा प्रहरीको छापाबारे बोल्यो प्रेस काउन्सिल
रोल्पा पहिरोमा परी मृत्यु हुनेको संख्या सात पुग्यो, पाँच जना अझै बेपत्ता
होल्डिङ सेन्टरमा राखिएका सुकुम्वासी झुन्डिएको अवस्थामा मृत भेटिए
भक्तपुरको मध्यपुरथिमि नगरपालिका-९, बोडेस्थित कृषि तालिम केन्द्रको होल्डिङ सेन्टरमा राखिएका एकजना सुकुम्बासी झुन्डिएको अवस्थामा भेटिएका छन्।
कीर्तिपुरको राधा स्वामी होल्डिङ सेन्टर डुबानमा परेपछि स्थानान्तरण गरी कृषि तालिम केन्द्रमा ल्याइएका बारा सुवर्ण गाउँपालिका–२ निवासी ५७ वर्षीय हिरालाल पासवान झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

पासवान कृषि तालिम केन्द्रको तीनतले पक्की भवनको दोस्रो तलास्थित कोठा नम्बर २०७ मा भित्र मृत भेटिएका हुन्। उनी उक्त कोठामा चुकुल लगाएको अवस्थामा मृत भेटिएका प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनी कोठाभित्र फ्यान राख्न प्रयोग गरिएको फलामको हुकमा सलको पासो लगाएको अवस्थामा मृत भेटिएका हुन् ।
कागबेनी-छुसाङ सडक निर्माण सुरु
महाकाली करिडोर : डेढ दशकमा छ किलोमिटर कालोपत्र
खानेपानी व्यवस्थापन बोर्डद्वारा एक करोड ५५ लाख बक्यौता असुली
एक महिनासम्म मनाइने गुँला पर्व आजदेखि सुरु (तस्बिरसहित)
कोलम्बियामा भूकम्पबाट २६५ जनाको मृत्यु, ५०० बेपत्ता
पश्चिमी कोलम्बियामा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २६५ पुगेको छ भने भग्नावशेषमा फसेका मानिसको खोजी जारी रहँदा करिब ५०० जना अझै बेपत्ता छन् । लगातार आइरहेका परकम्पले उद्धार तथा खोजी कार्यमा चुनौती थपिए पनि सुरक्षाकर्मी र उद्धारकर्मीले प्रभावित क्षेत्रमा अभियान जारी राखेका छन् ।

कोलम्बियाका राष्ट्रपति अबेलार्डो डे ला एस्प्रियेलाले राज्य टेलिभिजनमार्फत सम्बोधन गर्दै भूकम्पबाट क्षतिग्रस्त अस्पताल, विद्यालय, घर तथा अन्य पूर्वाधार पुनर्निर्माणका लागि आपतकालीन कोष स्थापना गरिने बताएका छन् । उनले विपत्तिबाट भएको क्षति सम्बोधन गर्न आर्थिक आपतकालसमेत घोषणा गरेका छन् ।
यद्यपि उक्त घोषणाअन्तर्गत तत्काल कुन–कुन कदम चालिने भन्ने उनले स्पष्ट पारेका छैनन् । राष्ट्रपति एस्प्रियेलाका अनुसार भूकम्पबाट प्रभावित परिवारको सङ्ख्या २५ हजार ८०० भन्दा बढी पुगेको छ । आधिकारिक विवरणअनुसार तीन हजार ७७० जना घाइते भएका छन् भने नौ हजार ५५० भन्दा बढी घरमा क्षति पुगेको छ ।
बेलायतको क्लाक्टनमा उपनिर्वाचन : नाइजल फराजको अग्निपरीक्षा
श्रीलङ्कामा नौ भारतीय माझी पक्राउ
हर्मुज पूर्ण रूपमा नखुलेको छैन : इरान
टेक्सासमा अमेरिकी सेनाको अपाचे हेलिकप्टर दुर्घटना, दुई सैनिकको मृत्यु
इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा आगलागी, एकको मृत्यु, २११ जनाको उद्धार
अब्राहम लिङ्कन विमानवाहक पोतमा के भएको हो ?












प्रतिक्रिया