मधेस प्रदेशमा रगतको अभाव, रक्तदानका लागि आह्वान « Khabarhub

मधेस प्रदेशमा रगतको अभाव, रक्तदानका लागि आह्वान


२८ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- रक्तदान गरेपछि शरीर कमजोर हुन्छ भन्ने नकारात्मक धारणाका कारण मधेस प्रदेशमा रगतको अभाव देखिन थालेको छ। रक्तसञ्चार केन्द्रहरूमा पर्याप्त मात्रामा रगत मौज्दात नहुँदा बिरामी तथा उनीहरूका आफन्तलाई समस्या पर्न थालेको छ।

रगतको अभाव भएपछि अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जनकपुरधाम उपमहानगरपालिका–१७ ले आज जनकपुरधाममा खुला रक्तदान कार्यक्रम आयोजना गरेको छ। रक्तसञ्चार केन्द्रको समन्वयमा आयोजित कार्यक्रममा १९ जनाले रक्तदान गरेका छन्।

रगतको अभावका कारण कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको रास्वपा मधेस प्रदेश संगठन विभागका उपप्रमुख अम्बुप्रसाद साहले बताए। सङ्कलित रगत मधेस प्रदेश रक्तसञ्चार केन्द्रलाई हस्तान्तरण गरिने उनले जानकारी दिए।

नेपाल रेडक्रस सोसाइटी धनुषाका अध्यक्ष पङ्कज महतोका अनुसार जनकपुरधामस्थित रक्तसञ्चार केन्द्रमा एक सातादेखि रगतको अभाव छ। केन्द्रमा अहिले एक–दुई पोका मात्र रगत मौज्दात रहेको र दैनिक ४० देखि ५० जनासम्म बिरामी रगतका लागि आउने गरेको उनले बताए।

‘बिरामीहरू जसरी पनि रगत उपलब्ध गराइदिनुपर्‍यो भन्दै आउनुहुन्छ, तर रगत नभएपछि समस्या भइरहेको छ,’ अध्यक्ष महतोले भने।

रक्तदाताको अभावका कारण मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला, जनकपुरधामअन्तर्गतको प्रदेश रक्तसञ्चार केन्द्रमा समेत रगतको मौज्दात घट्दै गएको छ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामका निर्देशक डा. नागेन्द्र यादवका अनुसार प्रदेश रक्तसञ्चार केन्द्रमा हाल करिब ३० पोका मात्र रगत मौज्दात रहेको छ।

स्वास्थ्यकर्मी तथा रक्तसञ्चार केन्द्रहरूले नियमित रूपमा रक्तदान गर्न आग्रह गर्दै रक्तदानबाट शरीरमा कुनै दीर्घकालीन कमजोरी नहुने र आवश्यकताअनुसार स्वस्थ व्यक्तिले रक्तदान गर्न सक्ने बताएका छन्।

प्रकाशित मिति : २८ श्रावण २०८३, बिहीबार  ७ : ४७ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित