बन्दीपुर अस्पतालमा एक वर्षमा २३ हजारले सेवा लिए « Khabarhub

बन्दीपुर अस्पतालमा एक वर्षमा २३ हजारले सेवा लिए


२८ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

दमौली– बन्दीपुर अस्पतालले तीन सय ६५ दिन नै सेवा प्रदान गरेको छ । बन्दीपुर गाउँपालिका मातहत रहेको अस्पतालले शनिबार र सार्वजनिक बिदाका दिनमा समेत सेवा प्रवाह गरेको छ । 

आर्थिक वर्ष २०८२-८३ मा अस्पतालले २३ हजार नौ सय ८० जनालाई सेवा प्रदान गरेको अस्पतालका प्रमुख डा. अनिल गिरीले जानकारी दिए । उनका अनुसार नियमित बहिरङ्ग सेवातर्फ १२ हजार एक सय ७१ तथा अतिरिक्त बहिरङ्ग सेवातर्फ ११ हजार आठ सय नौ जनाले सेवा लिएका छन् । 

नियमित बहिरङ्ग सेवातर्फ बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म टिकट काटेर सेवा प्रदान गरिएको हो भने अतिरिक्ततर्फ कार्यालय खुल्ने दिन बिहान ७ बजेदेखि बिहान १० बजेसम्म, दिउँसो २ बजेदेखि साँझ ८ बजेसम्म र सार्वजनिक बिदाको दिन बिहान ७ बजेदेखि बेलुकी ८ बजेसम्म सेवा प्रदान गरिएको डा गिरीले जानकारी दिए । 

डा गिरीका अनुसार साउनमा दुई हजार ९९, भदौमा दुई हजार तीन सय १५, असोजमा दुई हजार एक सय ८५, कात्तिकमा एक हजार नौ सय ९६, मङ्सिरमा एक हजार नौ सय ७७, पुसमा एक हजार आठ सय ९१, माघमा एक हजार नौ सय पाँच, फागुनमा एक हजार आठ सय १८, चैतमा एक हजार आठ सय ८८, वैशाखमा एक हजार आठ सय ८०, जेठमा दुई हजार २१ र असारमा दुई हजार पाँच जनालाई सेवा प्रदान गरिएको थियो । 

अस्पतालले सेवाग्राहीको सहज पहुँचलाई ध्यानमा राख्दै तीन चरणमा सेवा सञ्चालन गर्दै आएको छ । डा गिरीका अनुसार बिहान ७ बजेदेखि १० बजेसम्म अतिरिक्त सेवा, बिहान १० बजदेखि दिउँसो २ बजेसम्म नियमित सेवा र दिउँसो २ बजेदेखि राति ८ बजेसम्म अतिरिक्त सेवा प्रदान गरिँदै आएको छ । 

सार्वजनिक बिदाका दिन पनि बिहान ७ बजेदेखि राति ८ बजेसम्म सेवा उपलब्ध गराइएको छ । यो सेवा विशेषगरी कर्मचारी, विद्यार्थी, दैनिक ज्यालादारी गर्ने मजदुर, व्यवसायी तथा गृहिणीलाई लक्षित गरी सञ्चालन गरिएको डा गिरीले बताए। 

प्रकाशित मिति : २८ श्रावण २०८३, बिहीबार  ७ : ३९ बजे

खगेन्द्र सुनारको चेतावनी : आरोपितलाई काखी च्यापेर फैसला गर्दै नहिँडौँ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

देउवा भन्छन्– सबै मिलेर जनतामा आशा जगाउनुपर्नेछ

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

काठमाडौँका यी पाँच स्थानमा वितरण गरिँदैछ ग्यास, नागरिकता अनिवार्य चाहिने

काठमाडौं । नेपाल आयल निगमले शनिबार पाँच स्थानबाट ग्यास वितरण

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

ओखलढुङ्गा – ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका-५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट

बेनी-जोमसोम र बेनी-दरवाङ सडक रातिमा बन्द

म्याग्दी – जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा