रक्षामन्त्री पोखरेल र बेल्जियमकी राजकुमारी एस्ट्रिडबीच भेटवार्ता « Khabarhub

रक्षामन्त्री पोखरेल र बेल्जियमकी राजकुमारी एस्ट्रिडबीच भेटवार्ता


७ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल भ्रमणमा रहेकी बेल्जियमकी राजकुमारी अस्ट्रिडले नेपाल र बेल्जियमबीचको आर्थिक सम्बन्धलाई थप मजबुत बनाउन व्यापार, लगानी, पर्यटनलगायत क्षेत्रमा सहकार्य अभिवृद्धि गर्दै जान आवश्यक रहेको बताएकी छिन् । उनले यसका लागि आफूले सक्दो पहल गर्ने प्रतिवद्धता जनाएकी छिन् ।

सिहंदरबारस्थित रक्षा मन्त्रालयमा आज उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँगको शिष्टाचार भेटमा उनले नेपाल र बेल्जियमबीचको सम्बन्ध थम मजबुत बनाउन आफूले सक्दो प्रयास गर्ने बताएकी हुन् ।

राजकुमारी अस्ट्रिडलाई नेपालले नेपाल भ्रमण वर्ष २०२० मनाइरहेको सन्दर्भमा नेपाल भ्रमणमा आएकोमा मन्त्री पोखरेलले खुशी व्यक्त गरे ।

उपप्रधानमन्त्री पोखरेलले नेपाल र बेल्जियमबीच लामो समयदेखि घनिष्ठ एवं मैत्रीपूर्ण सम्बन्ध रहेको र यो सम्बन्धलाई दुई देशबीच व्यापार, लगानी तथा पर्यटनको विस्तारमार्फत थप फराकिलो, प्रगाढ र प्रतिफलमुखी बनाउन आवश्यक रहेकामा जोड दिए ।

युरोपेली आयोगभित्रको एक महत्वपूर्ण राष्ट्र बेल्जियमसँगको मैत्रीपूर्ण सम्बन्धलाई नेपालले सदैव उच्च महत्व दिएको जनाउँदै पोखरेलले बेल्जियम सरकारले नेपालको आर्थिक र सामाजिक विकासमा पुर्‍याएको सहयोगका लागि नेपाली जनता र नेपाल सरकारको तर्फबाट बेल्जियम सरकारलाई धन्यवाद व्यक्त गरे ।

यसैगरी उनले नेपालका क्षयरोग तथा कुष्ठरोगका बिरामीका स्वास्थ्योपचारमा उपलब्ध गराएको सहयोग एवं यी रोगहरूलाई निर्मूल पार्न प्रदान गरेको सहायताका लागि आभार व्यक्त गरे ।

भेटवार्ताका क्रममा बेल्जियमकी राजकुमारी अस्ट्रिडले बेल्जियम र नेपाल लामो समयदेखि अत्यन्त असल मित्रका रूपमा रहेको चर्चा गर्दै नेपालमा हालका दिनमा राजनीतिक स्थिरता कायम भएकोमा खुशी व्यक्त गरिन् । उनलेआफू अध्यक्ष रहेको दामियन फाउण्डेसनले विश्व स्वास्थ्य सङ्गठनसँगको सहकार्यमा नेपाललगायत मुलुकमा कुष्ठरोग र क्षयरोग निवारणका क्षेत्रमा उल्लेखनीय कार्य गरिरहेको र यसलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताइन् ।

नेपाल बारुदी सुरुङ्बाट मुक्त भएकोमा खुशी व्यक्त गर्दै उनले नेपाल चाँडै नै ओटाबा कन्भेन्सनको पक्ष राष्ट्र बन्नेमा आफू आशावादी रहेको विचार व्यक्त गरेको रक्षा मन्त्रालयका प्रवक्ता सन्तबहादुर सुनारले जानकारी दिए ।

राजकुमारी अस्ट्रिड एकसाताका लागि यही माघ ५ गते नेपाल भ्रमणमा आएकी हुन् ।

प्रकाशित मिति : ७ माघ २०७६, मंगलबार  ८ : २३ बजे

चितवन ३ बाट सोबिता उठ्ने निश्चित, नेकपाकी रेनुसँग प्रतिस्पर्धा हुने

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेताहरूको निर्वाचन क्षेत्र टुंग्याउन

सुर्खेत–१ मा रविकिरण हमालको चुनावी अभियान सुरु

सुर्खेत – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य तथा सुर्खेत

प्रशान्त तामाङप्रति उर्लाबारीमा श्रद्धाञ्जली अर्पण तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न

उर्लाबारी – दिवंगत गायक प्रशान्त तामाङको असामयिक निधनप्रति गहिरो दुःख

धमाधम सजाइँदै दमकमा बालेनलाई राख्ने घर (तस्बिरहरू)

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जसरी पनि हराउने

युगाण्डाको राष्ट्रपतिमा मुसेभेनी सातौँ कार्यकालका लागि निर्वाचित

कम्पाला – युगाण्डाका राष्ट्रपति योवेरी मुसेभेनी सातौँ कार्यकालका लागि अनुमोदित