मेलम्ची खानेपानी आयोजनामा जीआइएस प्रणाली शुरु « Khabarhub

मेलम्ची खानेपानी आयोजनामा जीआइएस प्रणाली शुरु


९ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुन्दरीजल– काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी आयोजनामा ‘भौगोलिक सूचना प्रणाली’ (जीआइएस) शुरु गरिएको छ ।

प्रविधिको माध्यमबाट आयोजनाको पाइप जमिनबाट कति गहिराइमा र कुन दिशामा छ भन्ने थाहा पाउन तथा आवश्यक पर्दा अरु निकायलाई जानकारी गराउनका लागि पनि यो प्रणाली शुरु गरिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।

आयोजनाअन्तर्गत हाल बिछ्याइएका पाइप कहाँ छ भनी जानकारी दिन सकिने आयोजना निर्देशक भोजविक्रम थापाले बताए । कुनै पनि संरचनाका लागि सडक भत्काउँदा खानेपानीको पाइप यस ठाउँमा छ भन्ने जानकारी दिएर क्षति नहुने गरी निर्माण गर्न सकिने उनको भनाइ छ । उनले भने, ‘ती निकायले सहकार्य गरी काम गर्दा सम्भावित क्षतिलाई रोक्न सकिन्छ ।’

सडक निर्माणका क्रममा वा कुनै संरचनाका लागि सडक भत्काउँदा खानेपानीको पाइप फुट्ने समस्या वर्षेनी दोहोरिरहेकाले त्यो रोक्नका लागि यो प्रणालीको शुरुआत भएको हो । हाल स्तरोन्नतिका क्रममा रहेको गौशाला–चाबहिल खण्डमा पनि सडक मर्मत गर्दा आयोजनाका पाइपमा क्षति पुगेको छ ।

विगतमा खानेपानी र ढल जमिन मुनि हुने गरेकामा हाल विद्युत् प्राधिकरणले बिजुलीको तार पनि भूगिगत गर्न शुरु गरेको छ । सडकमा अन्तर निकाय समन्वय नहुँदा एउटा निकायले भत्काउने र अर्काेले बनाउने काम भइरहने गरेको छ । यो समन्वयका लागि शहरी विकास मन्त्रालयले गत वर्षदेखि नै ‘युटिलिटी करिडोर’सम्बन्धी कानून बनाउन शुरु गरेको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार  १ : २८ बजे

हतुवागढीद्वारा हुरीबतासपीडितलाई सय थान त्रिपाल वितरण

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिकाले हुरीबतासबाट प्रभावित परिवारलाई राहतस्वरूप एक

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग

मुक्तिक्षेत्रमा भारी हिमपात

मुस्ताङ– यहाँस्थित वारागुङ मुक्तिक्षेत्रमा छैटौँ पटक भारी हिमपात भएको छ।

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौं – सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज