कोरोना भाइरसको संक्रमण चिनियाँ जेलमा | Khabarhub Khabarhub

कोरोना भाइरसको संक्रमण चिनियाँ जेलमा


९ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– कोरोना भाइरसको सङ्क्रमणबाट चीनभरी मृत्यु हुने व्यक्तिको सङ्ख्या २२ सय नाघेको समाचार आइरहँदा चिनियाँ स्वास्थ्य अधिकारीहरुले यहाँका कारागारमा पनि यसको सङ्क्रमण देखिएको बताएका छ्न् ।

शुक्रबार चिनियाँ अधिकारीहरुले जनाएअनुसार चिनियाँ कारागारमा रहेका करिब ४०० सय जनामा कोरोना भाइरसबाट सङ्क्रमित भएको पाइएको हो ।

यस प्राणघातक रोगको सङ्क्रमण रोक्ने प्रयासहरु चिनियाँ अधिकारीहरुले खोजिरहेका बेला थुनामा रहेका व्यक्तिमा समेत यस्तो अवस्था पाइएको खबरले यस महामारीको विषयमा चिनियाँ अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् ।

चीनको पूर्वी भागमा रहेको शाङ्डोङ प्रान्तमा रहेको रेन्चेङ कारागारमा सातजना सुरक्षागार्ड र २०० कैदीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको प्रान्तीय स्वास्थ्य आयोगले शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको बताइएको छ ।

कारागार प्रशासनका निर्देशक वू लेईले शुक्रबार सार्वजनिक भएको यो नयाँ घटनाले रोकथाम र नियन्त्रणका उपायहरुको कार्यान्वयन प्रभावकारी रुपमा अघि बढ्न नसकेको देखिएको बताएका छन् ।

यस्तै चीनको पूर्वी प्रान्त झेजिङको शिलिफेन जेलमा पनि ३४ जनामा सो भाइरसको सङ्क्रमण देखिएपछि सो कारगाराका निर्देशकले जानकारी दिएका छन् ।

गतवर्ष अन्त्यमा भाइरस देखा परेको मध्य प्रान्त हुबेईको कारागारले बिहीबार २७१ कोरोना भाइरसको थप सङ्क्रमण देखिएको बताइएको छ ।

हुबेई प्रान्तमा बिहीबार ४११ व्यक्तिमा कोरोना भाइरसका नयाँ सङ्क्रमित देखिएको पुष्टि गरेको थियो । तर केही समयपछि कारगारमा देखिएको सङ्ख्यासहित ६३१ जनामा सो भाइरसको सङ्क्रमण देखिएको जानकारी दिइएको छ ।

यस प्राणघातक भाइरसका कारण चीनको जनजीवन झन्भन्दा झन प्रभावित हुदै गएको बताइएको छ । यहाँका विद्यालयहरु बन्द छन् भने बाहिर कतैबाट बेइजिङ पुगेका चिनियाँ नागरिकलाई पनि कम्तीमा पनि १४ दिन क्वारेन्टाइनमा बस्न भनेको छ ।

त्यसैगरी बिहीबार नयाँ ठाउँका दुई नयाँ अस्पतालमा यस सङ्क्रमणका विरामी देखिएपछि बेइजिङले पनि थप सतर्कता अपनाउनुपर्ने भनेको छ ।

बेइजिङका फक्सिङ अस्पतालका ३६ जना विरामी भेटिएका छन् भने त्यहाँ उपचारमा कार्यरत केही स्वास्थ्यकर्मी पनि विरामी परेका छन् । ती स्वास्थ्यकर्मीका परिवारका सदस्यमा पनि यसको सङ्क्रमण देखिएको बताइएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार  २ : १० बजे

पर्वत र बागलुङका घर लिपपोत गर्न म्याग्दीको रातोमाटो

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको सालघारीमा रहेको रातोमाटो स्थानीयवासीका लागि

माओवादी पदाधिकारी बैठक बस्दै : के होला नेतृत्व परिवर्तनको माग ?

काठमाडौं – नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आइतबार बस्दैछ ।

गण्डकी प्रदेशमा क्षतिग्रस्त भौतिक संरचनाको प्रारम्भिक मूल्याङ्कन गरिँदै

कास्की– गण्डकी प्रदेशमा जेन-जीको प्रदर्शनका क्रममा क्षति भएका सरकारी, व्यावसायिक

तुइन खोला पहिरो : यात्रुहरू शुक्रबारदेखि सडकमै अलपत्र, खुलाउने प्रयास जारी

चितवन– नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोला नजिक खसेको पहिरो पन्छाउने

पुर्ख्यौली पेसा सङ्कटमा परेपछि विकल्प खोज्दै बादी समुदाय

कञ्चनपुर– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ३ का रेशम बादी पुर्ख्यौली